स्पोटिफाईद्धारा कलाकारहरुलाई सहयोग गर्न म्यूजिक रिलिफ फण्डको शुरुवात

Technology Khabar १३ चैत्र २०७६, बिहीबार

स्पोटिफाईद्धारा कलाकारहरुलाई सहयोग गर्न म्यूजिक रिलिफ फण्डको शुरुवात

काठमाडौं ।

स्पोटिफाई टेक्नोलोजी एसएले कोभिड-१९ का कारण समस्यामा रहेका संगितकारहरुको लागि सहयोग गर्ने उद्धेश्यले राहत कोष शुरु गरेको बुधबार जानकारी दिएको छ ।

अधिकांश देशहरुमा कोरोनाभाइरसको महामारी देखिएसँगै अर्थतन्त्रका साथै जिवन नै असहज भएको छ ।

विश्वभर १२ करोड ४० लाख सशुल्क सब्सक्राईबर रहेको म्यूजिक स्ट्रिमिङ प्लेटफर्मले त्यसको लागि अन्य गैर नाफामुलक संगठनहरुसँग समेत सहकार्य गरेको छ । यसमा बेलायमा आधारित म्यूजीकेयर्स र हेल्प म्यूजिसियन्स संस्थाहरु रहेको कम्पनीले बताएको छ ।

स्पोटिफाईले ती च्यारिटीहरुलाई अनुदान दिनुको साटो, उसले १० मिलियन डलरसम्मको म्युजिक रिलिफ पेज निर्माणमा अनुदान दिनेछ ।

यस बाहेक कम्पनीले छुटै विशेषतासहित संगितकारहरुलाई सहयोग गर्न काम गरिरहेको छ, जसअन्तरगत सिधै फ्यानहरुबाट राहत संकलन गर्ने र उनीहरुको लागि वा अन्य कलाकारहरुको लागि प्रयोग गर्ने बताएको छ । रोयटर्स

easy care

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार