माइक्रोसफ्टको सेक्यूरिटी एडभाइजरी- विश्वभरका विण्डोज कम्प्यूटरहरु ह्याकरले नियन्त्रण गर्नसक्ने

Technology Khabar १३ चैत्र २०७६, बिहीबार

माइक्रोसफ्टको सेक्यूरिटी एडभाइजरी- विश्वभरका विण्डोज कम्प्यूटरहरु ह्याकरले नियन्त्रण गर्नसक्ने

काठमाडौं ।

माइक्रोसफ्टले हालै विश्वभरका विण्डोज कम्प्यूटरहरुमा ह्याकरहरुले आक्रमण गर्नसक्ने चेतावनीसँगै सेक्यूरिटी एडभाइजरी जारी गरेको छ ।

कम्पनीले हालै आफ्नो दुई रिमोट कोडहरुमा एक्जक्युसन भल्नराबिलिटी भएको जानकारी दिएको छ । यो भल्नराबिलिटी माइक्रोसफ्ट विण्डोजको सबै सपोर्टेड भर्सनहरुमा पाइएको छ ।

ह्याकरहरुले सफलतापूर्वक साे कमजाेरीको फाईदा उठाउँदै अट्याक गरेमा उनीहरुले अरुको डिभाइसमा टाढाबाटै कोड र मालवेयर संचालन गराउन सक्छन् भने पुरै कम्प्यूटरलाई आफ्नो नियन्त्रणमा लिन सक्नेछन्।

साइबर आक्रमणकारीले सो भल्नराबिलिटीको दुरुपयोग गर्नसक्ने अनेक तरिकाहरु छन् । जसमा उनीहरुले प्रयोगकर्ताहरुलाई विशेषरुपमा बनाइएको डकुमेन्टहरु खोल्न वा विण्डोज प्रिभ्यू प्यान हेर्न लगाउन सक्ने माइक्रोसफ्टले नै बताएको छ ।

कम्पनीले सो समस्यामा काम गरिरहेको र छिटै समाधान गर्ने बताएको छ । ‘हामी सो कमजोरीबारे जानकार छौं र समाधानको लागि काम गरिरहेका छौं,’ माइक्रोसफ्टले भनेको छ । कम्पनीले सो भल्नराबिलिटीमार्फत कसरी ह्याकरहरुले आक्रमण गर्न सक्दछन भन्ने जानकारी पनि दिएको छ ।

माइक्रोसफ्टमा देखिने सुरक्षा भल्नराबिलिटीहरुलाई सम्बोधन गर्न नियमितरुपमा अपडेटहरु सार्वजनिक हुँदै आएका छन् ।

हरेक महिनाको दोस्रो मंगलबार यस्तो अपडेट सार्वजनिक हुने गर्दछ । कम्पनीले आगामी अप्रिल १४ मा अर्को अपडेट सार्वजनिक गर्नेछ र सो जोखिमलाई समाधान गर्ने अपेक्षाा गरिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: १३ चैत्र २०७६, बिहीबार

ताजा समाचार