लक्ष्मी ग्रुपद्धारा कोरोना भाइरस विरुद्धको कोषमा रु.१ करोड सहयोग

Technology Khabar १२ चैत्र २०७६, बुधबार

लक्ष्मी ग्रुपद्धारा कोरोना भाइरस विरुद्धको कोषमा रु.१ करोड सहयोग

लक्ष्मी ग्रुपले सरकारबाट स्थापित र सञ्चालित विशेष ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा १ करोड को आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

यसका साथै ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंगको लागि फिभर क्लिनिकहरु स्थापना गर्ने पहल शरु गरेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने छ र हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्ने ग्रुपले जानकारी दिएको छ ।

यस्ता किलनिक को मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने गर्दछ ।

जसले गर्दा अस्पतालका आपतकालिन बिभाग वा संक्रमण रोकथाम बिभागका स्रोतसाधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्दछ ।

अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ र त्यसैले यसले कोविड् १९ को व्यवस्थापन र रोकथाममा महत्वपूर्ण भूमिका खेलेको ग्रुपले दाबी गरेको छ ।

प्रकाशित: १२ चैत्र २०७६, बुधबार

Leave a Reply

Loading...