Technology Khabar १२ चैत्र २०७६, बुधबार
फेसबुकले आफ्नो प्लेटफर्म र व्हाट्सएपमा गलत सूचना फैलाउन रोकथाम गर्ने उद्धेश्यले प्रयोगकर्ता फिडको शीर्षमा कोरोनाभाइरससँग जोडिएको ‘आधिकारिक’ सामग्रीहरु पोष्ट गर्ने भएकोछ।
प्रमुख सोशल नेटवर्कले बुधबार फरक फरक स्थानमा रहेका मानिसहरुले व्हाट्सएपमार्फत अधिक भ्वाइस र भिडीयो कल गर्नाले व्हाट्सएपको क्षमता झन्डै दोब्बर भएको बताएको छ ।
फेसबुकका स्वास्थ्य प्रमुख कांगशिंग चिनले भने – फेसबुकले व्हाट्सएपमा गलत सूचना रोक्न र तथ्यहरु जाँच गर्न तथा जाँचकर्ताको उपस्थिति बढाउन अन्तर्राष्ट्रिय तथ्य जाँचगर्ने नेटवर्कलाई १० लाख डलर चन्दा दिएको छ।
कम्पनीका प्रयासका बारेमा जानकारी दिँदै फेसबुकका सीईओ मार्क जुकरबर्गले भने, ‘सेवाहरु सहजरुपमा चलाउन सुनिश्चित गर्न सकौं भनेर टोलीले कडा मेहनत गरिरहेका छन् । किनकि स्पष्ट रूपमा यो त्यस्तो समय हो जब मानिसहरु एक आपसमा सम्पर्कमा रहन चाहन्छन् ।’
फेसकुककाअनुसार स्वास्थ्य संगठनहरूको सहयोगमा सूचना केन्द्रहरू निर्माण भईरहेको छ जुन अमेरिका र युरोपमा सुरु गरिनेछ र त्यसपछि यसलाई अन्य ठाउँहरूमा पनि विस्तार गर्ने योजना छ।
जूकरबर्गका अनुसार सूचना केन्द्रमा जन स्वास्थ्य विज्ञहरु, सेलिब्रेटीहरूको जानकारीका साथै कोरोना भाइरसको जोखिम कम गर्नका लागि अन्य प्रेरणादायक तरिकाहरूको बारेमा जानकारी दिनेछ। एजेन्सी
प्रकाशित: १२ चैत्र २०७६, बुधबार