Technology Khabar १२ चैत्र २०७६, बुधबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले आफ्नो रेडमी ब्राण्डमा के३० प्रो लन्च गरेको छ । कमपनीले यसलाई चीनमा अनलाइन इभेन्टमार्फत सार्वजनिक गरेको हो । कम्पनीले यसको साथै रेडमी के३० प्रो जूम एडिसन पनि लन्च गरेको छ ।
कम्पनीको के३० प्रो फोनमा क्वालकम स्न्यापड्रागन ८६५ चीपसेट दिईएको छ ।
रेडमी के३० प्रोमा ६४ मेगापिक्सेलको प्राइमरी रियर क्यामरा छ भने अर्को ५ मेगापिकसेलको सेन्सर छ । कम्पनीकाअनुसार यसले ८के भिडियो खिच्न सक्दछ । यसका साथमा १३ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको क्यामरा सेन्सर रहेको छ । क्यामरामा अप्टिकल इमेज स्टेबलाईजेसनका साथ इलेक्ट्रोनिक इमेज स्टेबलाइजेसन पनि राखिएको छ ।
दुबै भेरिएन्टका फोनहरुमा पप अप सेल्फी क्यामरा तथा रियर क्यामरा राउण्ड सेपमा रहेको छ । दुबै फोनमा २० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ ।
फोनमा ६.६७ इन्चको सूपर एमोलेड फूलएचडी प्लस डिस्प्ले रहेको छ। फोनमा आईपी ५० रेटिङ्ग पाएको छ । फोनको डिस्प्लेको टच स्यापलिंग रेट १८० हर्जको छ ।
के३० प्रो मा ६जीबी र्यामर १२८ जीबी स्टोरेज तथा ८ जीबी र्याम र २५६ जीबी स्टोरेज छ भने के३० प्रो जूम एडिसनमा ८जीबी र्याम र १२८ जीबी स्टोरेज तथा ८जीबी र्याम र २५६ जीबी स्टोरेज छ ।
यी फोनहरुमा लिक्विड कुलिंग फीचर तथा सूपर ब्लूटूथ फीचर रहेको छ । रेडमीका के३० प्रो र जूम एडिसन फोनहरु मूनलाइट ह्वाइट, स्काई ब्लू, पर्पल र स्पेस ग्रे कलर अप्सनमा आउनेछ ।
फोनमा पावर ब्याकअपका लागि ४७०० एमएएचको ब्याट्री छ भने ३३ वाटको फास्ट चार्जिंग सपोर्ट रहेको छ ।
रेडमी के३० प्रो को ६जीबी र्याम को मूल्य २,९९९ यूआन छ भने ८ जीबी र्याम भेरिएन्टको मूल्य ३,३९९ यूआनदेखि शुरु हुन्छ । रेडमी के३० प्रो जूम एडिसनको ८जीबी १२८ जीबीको मूल्य ३,६९९ यूआन तथा ८जीबी २५६ जीबी स्टोरेजको मूल्य ३,९९९ यूआन तोकिएको छ ।
प्रकाशित: १२ चैत्र २०७६, बुधबार