यूट्यूबमा भिडियो हेर्दा निकै स्लो भयो ? त्यसोभए यसरी गर्नुहोस् समस्या समाधान

Technology Khabar ११ चैत्र २०७६, मंगलवार

यूट्यूबमा भिडियो हेर्दा निकै स्लो भयो ? त्यसोभए यसरी गर्नुहोस् समस्या समाधान

हामी मध्ये धेरैले यूट्यूबमा विभिन्न किसिमका मनपर्ने भिडियोहरू हेर्दछौं। तर भिडियो हेरिरहेको बेला कहिलेकाँही नेटवर्कको समस्या पनि हुन्छ, जसको कारण भिडियो राम्रोसँग चल्दैन र भिडियो बफरिङ्ग सुरु हुन्छ। तर नेटवर्कको समस्याहरूलाई केहि स्टेपहरू अपनाएर समाधान गर्न सकिन्छ।

यी दुई तरिकाहरू बफरिङ्ग बिना नै यूट्यूबमा भिडियोहरू हेर्नको लागि अपनाउन सकिन्छ –
१- यूट्यूबको क्यास हटाउनुहोस्
२- भिडियो गुणस्तर बदल्नुहोस्

कसरी क्यास (cache) खाली गर्ने ?
> पहिले तपाईंको फोन, ट्याब्लेट वा डेस्कटपमा क्रोम ब्राउजरमा जानुहोस्।
> मेनू विकल्पमा दिइएका तीन लाइनहरूमा ट्याप गर्नुहोस्।
> यस पछि, फोन हिस्ट्रिमा जानुहोस् र क्लियर ब्राउजिङ्ग डाटामा ट्याप गर्नुहोस्।
> यदि तपाईँ डेस्कटपमा यूट्यूब चलाउनुहुन्छ भने मोर टूल्समा जानुहोस् र क्लियर ब्राउजिङ्ग डाटामा ट्याप गर्नुहोस्।
> एन्ड्रोइड, म्याक र पीसी प्रयोगकर्ताहरूले डाटा मेटाउनको लागि समयको दायरा पनि चयन गर्न सक्दछन्। यद्यपि यो फिचर आईफोनहरूमा भने उपलब्ध छैन।
> कुकीज एण्ड साइट डाटा र क्यास्ड इमेज एण्ड र फाइल्स विकल्प चयन गर्नुहोस्।
> त्यसपछि क्लियर डाटामा क्लिक गर्नुहोस्।

कसरी भिडियो गुणस्तर बदल्ने ?
> भिडियोको गुणस्तर परिवर्तन गर्न, यूट्यूब भिडियोको तल दायाँ वा माथि दायाँ तिर दिईएको आइकनमा ट्याप गर्नुहोस्।
> यहाँ तपाईँले भिडियोको लागि कम रिजोलुसन चयन गर्नुपर्नेछ। यो गरेपछि भिडियो पहिले भन्दा छिटो चल्नेछ।
> यो सुविधा डेस्कटपको लागी उपलब्ध छैन।

प्रकाशित: ११ चैत्र २०७६, मंगलवार

Leave a Reply

Loading...