ट्विटरले गलत जानकारीहरु विरुद्ध लड्न थप स्वास्थ्य विज्ञहरुलाई भेरिफाई गर्ने

Technology Khabar १० चैत्र २०७६, सोमबार

ट्विटरले गलत जानकारीहरु विरुद्ध लड्न थप स्वास्थ्य विज्ञहरुलाई भेरिफाई गर्ने

माइक्रो ब्लगिङ साइट ट्विटरले कोरोनाभाइरस विरुद्धको भ्रामक र गलत सूचनासँग लड्नका लागि थप स्वास्थ्य विज्ञहरुसँग कामगर्ने भएको छ ।

कम्पनीले स्वास्थ्य विज्ञहरुको भनाईलाई नै आधार मान्दै त्यस्ता आधिकारीक सूचनाहरुलाई भेरिफाई गर्ने भएको छ । यसको लागि कम्पनीले ‘पब्लिक फेसिंग भेरिफिकेसन रिक्वेस्ट’लाई पुन ल्याएको छ ।

यो ट्विटर ससक्तरुपमा भ्रामक र गलत सूचनाहरुसँग लडिरहेको अवस्थामा ल्याईएको छ ।

‘पिएसआएअन्तरगत हामीले भेरिफाई गरेका ट्विटर एकाउन्टहरु जसले विश्वसनिय सूचनाहरु र अपडेट कोभिड१९ बारेमा दिनेछन् । हामी सार्वजनिक स्वास्थ्य अधिकारीहरुसँग काम गरिरहेका छौं र विज्ञहरुको पहिचान गरिरहेका छौं ।हामीले यसअघि नै सयौं एकाउन्टहरु प्रमाणित गरिसकेका छौं, तर अझै गर्नुपर्नेछ,’ ट्विटमार्फत कम्पनीले भनेको छ ।

प्रकाशित: १० चैत्र २०७६, सोमबार

Leave a Reply

Loading...