कोरोनाभाइरस बारे अफवाह फैलाउने कन्टेन्टहरु रोकिने, इन्टरनेट ब्याण्डविथ बढेकोमा चिन्ता

Technology Khabar ९ चैत्र २०७६, आईतवार

कोरोनाभाइरस बारे अफवाह फैलाउने कन्टेन्टहरु रोकिने, इन्टरनेट ब्याण्डविथ बढेकोमा चिन्ता
Classic Tech
Nepal Telecom

कोरोनाभाइरसको त्रासका विचमा संचार तथा सूचना प्रविधि मन्त्रालयले आन्तरिक छलफल र गृहकार्य अगाडि बढाएको छ । मन्त्रालयमा आज भएको छलफलमा अर्थ, संचार तथा सूचना प्रबिधि मन्त्री डा युवराज खतिवडाले दूरसंचार तथा इन्टरनेट सेवालाई चुस्त राख्न भनेका छन् ।

उनले पछिल्लो दिनमा बढिरहेको इन्टरनेट ब्याण्डविथको खपतलाई न्यून गर्ने उपायहरुको बारेमा ध्यान दिन निर्देशन समेत दिएका छन् ।

संचार मन्त्री डा खतिवडाले नियामक निकायमार्फत इन्टरनेट ब्याण्डविथको वृद्धिलाई ध्यान दिन भनेको नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

‘बिहान मन्त्री ज्यूसँग भएको छलफलमा ब्याण्डविथ खपत उच्च भईरहेको बारेमा चासो व्यक्त गर्नुभयो र कसरी कम गर्ने भन्ने बारेमा ध्यान दिन भन्नुभएकोछ,’ अध्यक्ष खनालले बताए ।

उनकाअनुसार मन्त्रीले भविश्यमा यहि गतिमा इन्टरनेटको खपत बढेमा इन्टरनेट तथा नेटवर्क नै डाउन हुनसक्ने अवस्था नआउन समेत निर्देशन दिएका छन् ।

यसैगरि मन्त्री डा. खतिवडाले कोरोनाभाइरस (कोभिड-१९) को बारेमा अफवाह फैलाउने किसिमका कन्टेन्टहरु रोक्न समेत नियामक निकायलाई भनेका छन् ।

अफवाह फैलाउने किसिमका कन्टेन्टहरुलाई कसरी रोक्ने बारेमा मन्त्री ज्यूले त्यसमा का मगर्न भन्नुभएको छ, उनले मन्त्री खतिवडाले भनेको विषयलाई स्पष्ट पारे ।

अध्यक्ष खनालले आज भएको छलफल र मन्त्रीको निर्देशनअनुसार प्राधिकरणले आगामी कदम चाल्ने जानकारी दिए ।

उता मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने आन्तरिकरुपमा मात्र छलफल गरिएको र सतर्कता अपनाउने बारेमा कुराकानी भएको जानकारी दिए ।

‘मन्त्री ज्यूले त्यस्तो कुनै छुट्टै निर्देशन दिनुभएको छैन्, आन्तरिक छलफल मात्र हो, अहिलेको अवस्थालाई हेर्ने भनिएको मात्र हो,’ प्रवक्ता तिवारीले भने ।

दूरसंचार सेवा र त्यसको बारेमा भने नियामक निकाय दूरसंचार प्राधिकरणले नै हेर्ने उनको भनाई थियो ।

TK Viber

प्रकाशित: ९ चैत्र २०७६, आईतवार

Loading...