सेवा प्रदायकहरूले भने- अनावश्यकरूपमा इन्टरनेट प्रयोग नगर्नुस्

Technology Khabar ८ चैत्र २०७६, शनिबार

सेवा प्रदायकहरूले भने- अनावश्यकरूपमा इन्टरनेट प्रयोग नगर्नुस्

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायकहरूले कोरोना भाइरसको त्रासका बिच इन्टरनेटको ब्याण्डविथको प्रयोग बढेको भन्दै अनावश्यकरूपमा इन्टरनेट नचलाउन भनेको छ ।

सेवा प्रदायकहरूको छाता संस्था इन्टरनेट सेवा प्रदायक संस्था नेपालले विज्ञप्ति जारी गर्दै इन्टरनेटको मर्मत समेत गर्न नसक्ने बताएका हुन् ।

‘यसकारण अरु समयको भन्दा ब्यान्डविथको खपत अत्यधिक मात्रामा बढ्न गएको, जसको कारण सेवाप्रदायकहरूको नेटवर्किङमा अत्यधिक भार पर्न गएको छ | यस्तो अत्यधिक भारलाई कम गर्न र सेवा सम्बाहमा कुनै प्रकारको समस्या नआओस भन्नका हेतु हामी हाम्रा सम्पूर्ण ग्राहकबर्गज्यूहरुलाई इन्टरनेटको अत्यवधक खपत हुने खालका एप्सहरु, अनलाईन गेम्स, भिडियो सामाग्रीहरु तथा अनावश्यक बेसाइटहरुको प्रयोग नगर्नु हुन अनुरोध गर्दछौं, ‘ विज्ञप्तिमा भनिएकोछ ।

उनीहरूले इन्टरनेटको डिभाइसहरू नचलाउन समेत सुझाब दिएका छन् र बिग्रेमा बनाउन समेत नसकिने चेतावनी दिएका छन् ।

‘अन्यथा सो उपकरणहरुको सेटिङ् बिग्रन जाने हुन् सक्छ | यदि स्थान परिवर्तन गर्नु परेमा सम्बधित सेवा प्रदायकहरुको सहयोग लिएर सम्भव हुने भए मात्र गरेनु हुन् अनुरोध छ | यस्तो गंभिर परिस्थितिमा ग्राहकको घर तथा कार्यालयसम्म गएर मर्मत सम्भारको कार्य गर्न असमर्थ हुनेछौ, विज्ञप्तिमा उल्लेख छ ।

ISPAN Press Release.pdf
easy care

प्रकाशित: ८ चैत्र २०७६, शनिबार