बैंकहरुले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने, अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिने

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

बैंकहरुले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने, अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिने

काठमाडौं ।

नेपालका बै‌ंकहरुले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्दै तत्कालका लागि अन्तर बैंक एटिएम कारोबार गर्दा शुल्क नलिने भएका छन् ।

बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था गर्ने भएको हो ।

कोरोना भाइरस संक्रमण फैलिन बाट रोक्न बैंकहरुमा ग्राहकको भिड लाग्न नदिन बैंकहरुले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेका छन्।

बैंकर्स संघको शुक्रबार  बिहान बसेको बैठकले अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिने तथा डिजिटल बैकिङ सेवालाई चुस्त बनाउने निर्णय गरेको हो।

साथै संघले बैंकिङ क्षेत्रलाई कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न पूर्वसावधानी अपनाउन समेत बैंकहरुलाई निर्देशन गर्ने निर्णय गरिएको बताईएको छ।

यस्तै विकास बैंक संघले पनि एक महिनालाई शुल्क नलिने निर्णय गरिसकेको छ। विकास बैंकहरुले पनि केहि समयका लागि मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार नि:शुल्क गर्ने भएका हुन्।

साथै राष्ट्र बैकसँगको छलफलपछि बैंकहरुमा उच्च सतर्कता अपनाई निरन्तर संचालन गर्ने निर्णय समेत गरेका छन् ।

माध्यम

 

easy care

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार