ट्रिपल रियर क्यामरा भएको नयाँ एप्पल आईप्याड प्रो र म्याकबुक एयर सार्वजनिक

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

ट्रिपल रियर क्यामरा भएको नयाँ एप्पल आईप्याड प्रो र म्याकबुक एयर सार्वजनिक

काठमाडौं ।

अमेरिकी टेक कम्पनी एप्पलले नयाँ आईप्याड प्रो र म्याकबुक एयर लन्च गरेको छ । कम्पनीले यसको लागी कुनै इभेन्टको गरेको छैन र प्रेस विज्ञप्तिबाट यसको लन्च बारे जानकारी दिएको हो ।

कम्पनीले एक बजेट आईफोन लन्च गर्न सक्ने अनुमान गरिएपनि यस्तो भएन ।

नयाँ आईप्याड प्रो को कुरा गर्दा यसलाई कम्पनीले दुई ११ इन्च र १२.९ इन्च साइजमा लन्च गरेको छ । ११ इन्च भेरियन्टको मुल्य ७९९ तोकेको छ भने १२.९ इन्चको मोडलको मुल्य ९९९ डलर राखिएको छ ।

यस आईप्याडको क्यामरामा कम्पनीले लिडर स्क्यानरको प्रयोग गरेको छ । यसबाट यूजरले कोठामा रहेको बस्तुको नाप पनि लिन सक्ने छन । कम्पनीले यसमा अग्मेन्टेड रियालिटी एबेन्ड गरेको छ । यस टेक्नोलोजीमा केहि समयदेखि कम्पनीले धेरै लगानी गरिरहेको छ ।

यस आईप्याडमा एडिशनल क्यामरा पनि रहेको छ जुन वाइड एंगल लेन्सको रुपमा रहेको छ । यसबाट यूजरले ४के भिडियो रेकर्ड गर्न सक्दछन । अल्ट्रा वाइड एंगल सँगै यसमा जूम फिचरपनि दिइएको छ । यो फिचर आईफोन ११ सीरीजको मोड्लहरुमा पनि दिइएको थियो । यस नयाँ आईप्याडमा जम्मा तिन रियर क्यामरा रहेको छ ।

एप्पलले एक नयाँ म्याजिक किबोर्ड पनि लन्च गरेको छ, जसको मुल्य २९९ डलर तोकिएको छ । यसको बिक्री आउदो मे देखि हुने छ । यो ब्याकलिट किबोर्ड हो र यसमा यूएसबी टाइप सी को सर्पोट रहेको छ । यसको ट्रयाकप्याडलाई माउसको रुपमा प्रयोग गर्न सकिने छ ।

कम्पनीले लन्च गरेको आईप्याडमा ए१२जेड बायोनिक प्रोसेसर रहेको छ र जीपीयू ८ कोर दिइएको छ । कम्पनीले यस नयाँ आईप्याड कयौँ विन्डोज ल्यापटप भन्दा धेरै पावरफुल रहेको दाबी गरेको छ । कम्पनीको यसको ब्याट्री ले १० घण्टाको ब्याकअप दिने पनि दाबी गरेको छ । यस आईप्याडले ४जी एलटिई लाई सर्पोट गर्दछ ।

एप्पल म्याकबुक एयर

एप्पलको नयाँ म्याकबुक एयर मा निकै काम गरिएको छ । यसमा नयाँ तरिकाको म्याजिक किर्बोड दिइएको छ । यसको मुल्य ९९९ डलर देखि सुरु हुनछ । पुरानो मोड्लहरुको तुलनामा यस पटक कम्पनीले यसमा धेरै स्टोरेज प्रदान गरेको छ । एन्ट्रि लेभल मोड्ल मा २५६जीबी स्टोरेज दिईएको छ । यसअघि १२८जीबी हुने गर्दथ्यो ।Apple_Macbook

कम्पनीले यस पटक माइक्रोफोन्सलाई पनि निकै इन्प्रुभ गरिएको बताएको छ । यसको साथै ६के सम्म एक्स्र्टनल डिस्प्ले को सर्पोट रहेको छ र यसपटक तिन नयाँ थन्डरबोल्ट पोर्ट दिइएको छ । कम्पनीले राम्रो साउन्डको लागी इनबिल्ट स्टीरियो स्पिकर्स पनि दिएको छ ।

म्याकबुक एयर मा २टिबी सम्मको स्टोरेज सर्पोट पाइने छ । ल्यापटमा लग इन गर्नको लागी टच आईडि फिंगरप्रिन्ट सेन्सर सिस्टम रहेको छ । यसलाई यूजरले अनलाइन शपिंंग अथेन्टिकेशनको लागी वा ल्यापटप एक्सेस गर्नको लागी प्रयोग गर्न सक्दछन ।

Global Bank
easy care

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार

ताजा समाचार