रेडमीको पपअप क्यामरा रहेको के३० प्रो स्मार्टफोन २४ मार्चमा लन्च हुने, यस्तो हुनेछ डिजाइन

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

रेडमीको पपअप क्यामरा रहेको के३० प्रो स्मार्टफोन २४ मार्चमा लन्च हुने, यस्तो हुनेछ डिजाइन
Classic Tech

रेडमी के३० प्रो को बारेमा गएको केहि दिनदेखि धेरै खबरहरु सार्वजनिक भईरहेको छ । यसै बारेमा कम्पनीले पनि हालैमा २४ मार्चका दिन चिनियाँ मार्केटमा यस फोनलाई लन्च गर्ने पुष्टि भएको थियो । त्यस्तै हाल कम्पनीले यस फोनको फुल डिजाइनलाई अफिशियल रुपमा पोस्टरको माध्यमबाट सार्वजनिक गरेको छ ।

चीनको माइक्रो ब्लगिंङ वेबसाइट विबोमा रेडमीले आफ्नो अकाउन्टमा एक टिजर शेयर गरेको छ, जसबाट रेडमी के३० प्रो को डिजाइनको बारेमा खुलासा भएको हो । यस स्मार्टफोनमा फुल स्क्रिन प्यानल पञ्चहोल बिना नै रहने छ र यसमा सेल्फिको लागी पपअप क्यामरा मेकानिजम रहने छ ।

यसबाहेक ब्याकमा सर्कुलर डिजाइनको क्यामरा सेटअप हुने छ । यसको रियरमा क्वाड क्यामरा सेटअप रहने छ, जसको प्राईमरी क्यामरा सेन्सर ६४ मेगापिक्सलको हुने छ । सेटअपको ठिक तल एलईडि फ्ल्यास लाईट हुने छ ।

फोनको ब्याक प्यानलमा ग्रेडिएन्ट फिनिश र टपमा ग्लास प्रोटेक्शन देख्न सकिने छ । यसबाहेक फोनमा ३.५ एमएमको हेडफोन ज्याक र इन्फ्रारेड (आईआर) ब्लास्टर रहने कुरा यस पोस्टबाट पुष्टि भएको छ ।Redmi-K30-Pro

यसबाहेक कम्पनीले धेरै टिजर जारी गरेको छ, जसअनुसार फोन यूएफएस ३.१ स्टोरेज सँगै आउने छ । यस डिभाइसमा ७५० एमबिपीएस सम्मको राइड स्पिड रहने छ । साथै यसमा यूएफएस ३.१ रहने छ ।

यसबाहेक केहि रिर्पोटहरु अनुसार रेडमी के३० प्रो मा जूम एडिशन हुने छ । यस फोनमा ५०एक्स जूम सर्पोट सँगै आउन सक्ने अनुमान पनि लगाइएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार

Loading...