सामसङ १५० मेगापिक्सेल सेन्सरमा काम गर्दै, स्मार्टफोन फोटोग्राफीको तरिकामा परिर्वतन हुने

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

सामसङ १५० मेगापिक्सेल सेन्सरमा काम गर्दै, स्मार्टफोन फोटोग्राफीको तरिकामा परिर्वतन हुने
सांकेतिक

आजको समयमा स्मार्टफोन मार्केटमा ६४ मेगापिक्सेल र ४८ मेगापिक्सेलको क्यामरा फोन सार्वजनिक हुनु सामान्य भईसकेको छ । तर यस ट्रेन्डलाई अघि बढाउँदै शाओमीले गएको वर्ष १०८ मेगापिक्सेलको क्यामरा भएको एमआई नोट १० लन्च गरेको थियो ।

यसैबिच त्यस्तै हाल सामसङले आफ्नो नयाँ क्यामरा सेन्सरमा काम गरिरहेको खबर सार्वजनिक भएको छ । सामसङले १५० मेगापिक्सेलको क्यामरा सेन्सरमा काम गरिरहेको छ ।

दक्षिण कोरियाको इलेक्ट्रोनिक कम्पनी सामसङले बनाउँदै गरेको यो १५० मेगापिक्सेलको क्यामरा सेन्सर नोनासेल टेक्नोलोजीमा आधारित हुनेछ, जसलाई कम्पनीले आईसोसेल ब्रायट एचएम१ मा पनि प्रयोग गरेको थियो । यस सेन्सरलाई कम्पनीले सामसङ ग्यालेक्सी एस२० अल्ट्रामा प्रयोग गरिसकेको छ । यो पुरानो टेट्रासेल टेक्नोलोजीको अपग्रेड भर्जन हो, जुन आईसोसेल ब्रायट एचएमएक्स जस्तो सेन्सर मोडलमा रहने गर्दछ ।Samsung-Galaxy

दक्षिण कोरियन फोरम क्लाइनमा प्रकाशन भएको एक रिर्पोटमा सामसङ हाल १५० मेगापिक्सेलमा काम गरिरहेको उल्लेख गरिएको छ । त्यस्तै ट्विटरमा स्लिपी कुमा नामको एक टिप्सटरले सामसङको १५० मेगापिक्सेल सेन्सरको साइज १ इन्च हुने बताएका छन । यो १/१.३३ इन्च आईसोसेल ब्राइट एचएम१ सेन्सर भन्दा ठुलो हो ।

कम्पनीले यस सेन्सरको प्रयोग फ्लागशिप स्मार्टफोनहरुमा प्रयोग गर्न सक्ने छ । यसबाहेक शाओमी, ओपो र भीभोले सामसङको यस नयाँ सेन्सरको माग गरिरहेको जानकारी पनि बाहिर आएको छ । यसको अर्थ सामसङको यस सेन्सरलाई अन्य मोबाइल कम्पनीहरुले पनि प्रयोग गर्न सक्ने छन ।

त्यस्तै अन्य केहि रिर्पोटहरुमा चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले यस वर्षको चौथो त्रैमाशिकमा यस सेन्सरलाई आफ्नो फ्ल्यागशिपको हिस्सा बनाउन सक्ने पनि उल्लेख गरिएको छ ।

यसैगरी भीभो र ओपोले यस सेन्सरको प्रयोग २०२१ को पहिलो त्रैमाशिकमा आफ्नो फ्ल्यागशिपमा गर्न सक्ने छन । यस सेन्सरसँगै कम्पनीले फोनमा फ्ल्यागशिप प्रोसेसर र अरु धेरै प्रकारका नयाँ प्रविधिहरुको प्रयोग पनि गर्न सक्ने छ ।

त्यस्तै सामसङको १५० मेगापिक्सेलको सेन्सरको कुरा गर्दा यसबाट १२०३२×९०२४ पिक्सेल रेज्योलुश भएको फोटो र ६के सम्मको भिडियो खिच्न सकिन्छ । यस सेन्सरले एक सेकेन्डमा ३० फ्रेम क्याप्चर गर्ने सक्षमता राख्दछ । एजेन्सी

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार

Comments are closed.

Loading...