अन्तरिक्षबाट मोबाइलमा पहिलो म्यासेज आयो, स्याटेलाइटबाटै फोनमा ब्रोडब्यान्ड सर्भिस दिन सकिने

Technology Khabar ७ चैत्र २०७६, शुक्रबार

अन्तरिक्षबाट मोबाइलमा पहिलो म्यासेज आयो, स्याटेलाइटबाटै फोनमा ब्रोडब्यान्ड सर्भिस दिन सकिने

काठमाडौं ।

मोबाइल कम्यूनिकेशनलाई उत्कृष्ट बनाउने काममा एरोस्पेस स्टार्टअप कम्पनी लिंकले उपलब्धि हासिल गरेको छ । यस स्टार्टअपले स्पेस (अन्तरिक्ष) बाट पृथ्विमा रहेको एक एन्ड्रोएड स्मार्टफोनमा एसएमएस पठाउन सफल भएको हो ।

यसको लागी सो कम्पनीले पृथ्विको सबैभन्दा नजिक रहेको एक स्याटेलाइटलाई जमीनमा रहको मोडिफाइड नगरिएको सामान्य एन्ड्रोएड फोनमा कनेक्ट गरेको थियो ।

लिंकले यस उपलब्धिबाट पृथ्विमा रहेको ५ सय करोड भन्दा धेरै स्मार्टफोनलाई सिधै ब्रोडब्यान्ड सर्भिस दिने मिसन चाँडो भन्दा चाँडो पुरा गर्नको लागी निकै सहयोगी हुने जनाएको छ ।

लिंकका को–फाउन्डर तथा सिईओ चार्ल्स मिलरले यो ५ सय करोड मोबाइल फोन यूजरहरुको लागी निकै खास रहेको र सस्तो इन्टरनेट कनेक्टिभिटीको अप्शन नभएकाहरुका लागी पनि निकै महत्वपुर्ण रहेको बताएका छन । त्यस्तै उनले यस उपलब्धिलाई मोबाइल कम्युनिकेशन इन्डस्ट्रिको लागी गेम चेन्जर भएको पनि जनाएका छन । चार्ल्स मिलर विगत ३० वर्ष देखि स्पेस इन्डस्ट्रिसँग रहेका छन । त्यस्तै स्टार्टअप सुरु गर्नु पहिले उनि नासामा सिनियर पोजिशनमा रहेका थिए ।

अन्तरिक्षबाट एसएमएस पढाउने प्रयोग २४ फरवरी २०२० मा गरिएको थियो । यस टेस्ट कम्पनीले आफ्नो पेटेन्ट सेल टावर इन स्पेस टेक्नोलोजीअन्तर्गत रहेर गरेको थियो । यस टेक्नोलोजीले लो–अर्थ अर्बिट नानोस्याटेलाइटलाई सिधै अनमोडिफाइड मोबाइल फोनहरुमा कनेक्ट गर्दछ । लिंकले यस टेस्टलाई कयौं पटक गरेको थियो ।

लिंकको यो पेटेन्टेड टेक्नोलोजी स्ट्यान्डर्ड मोबाइल फोनहरुको हार्डवेयर वा सफ्टवेयरलाई छेडछाड नगरि नै लो–अर्थ अर्बिट नानोस्याटेलाइटको सहयोगमा विश्व को कुनैपनि ठाउँमा भर्चुअल कनेक्टेड रहन सहयोग गर्दछ । अन्तरिक्षमा रहेको लिंकको सेल टावरहरुले विश्वको दुर्गम स्थान र फरक क्षेत्रहरुमा इन्टरनेट कनेक्टिभिटी दिनेछ ।

कम्पनीले यस प्रोजेक्टलाई कमर्शियल लन्चको लागी तिव्ररुपमा काम गरिरहेको छ । यसको लागी कम्पनीले ३० मोबाइल नेटर्वक अपरेटरहरुसँग पार्टनरशिप गरेको छ । लिंकका सिईओ मिलरले यस वर्षको अन्त्य सम्ममा लाखौँ मानिसहरुले यस्तो पहिलो सर्भिस पाउन सक्ने जनाएका छन । एजेन्सी

easy care

प्रकाशित: ७ चैत्र २०७६, शुक्रबार