Technology Khabar ६ चैत्र २०७६, बिहीबार
काठमाडौं ।
विश्वव्यापी महामारी निम्त्याएको कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेको निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी ‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ उपहार योजना तत्कालका लागी स्थगित गरेको छ ।
स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइने कम्पनीले जानकारी दिएको छ ।
फोन पे को जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना ११ हप्तासम्म सफलरूपमा सम्पन्न भएको बताईएको छ।
२ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजना अन्तरगत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेको फोनपेले उल्लेख गरेको छ।
फोनपेले आफ्ना अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी राख्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: ६ चैत्र २०७६, बिहीबार