मानिसहरु घरभित्रै ‘लकडाउन’ हुँदा यूरोपमा मोबाइल डाटाको माग ५० प्रतिशतसम्म वृद्धि

Technology Khabar ६ चैत्र २०७६, बिहीबार

मानिसहरु घरभित्रै ‘लकडाउन’ हुँदा यूरोपमा मोबाइल डाटाको माग ५० प्रतिशतसम्म वृद्धि

काठमाडौं ।

विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर भोडाफोनले कोरोनाभाइरसको क्राईसिसले डाटा ट्राफिकमा वृद्धि भएको बताएको छ । कम्पनीकाअनुसार केहि मार्केटहरुमा त डाटा ५० प्रतिशतसम्म माग बढेको छ ।

ब्रिटिस कम्पनी भोडाफोनले आफ्नो नेटवर्क सर्भिसलाई मर्मत गर्ने र यूरोपमा संवेदनशिल सरकारी कार्यहरुका लागि सुविधा पुर्याउने गरि क्षमता बढाउने बताएको छ । कम्पनीले डाटाको वृद्धि निरन्तर बढ्ने अपेक्षा गरेको छ ।

भोडाफोनको यूरोपेली नेटवर्कहरु भएको देश इटाली र स्पेनमा भाइरसले निकै असर पारेको छ भने जर्मनी र बेलायतमा पनि असर देखिएको छ ।

जसले गर्दा लाखौं मानिसहरु घरभित्रै रहेका छन् भने मोबाइल नेटवर्कमार्फट डाटा प्रयोग गरिरहेका छन् ।

यसैबिचमा केहि यूरोपेली अपरेटरहरुको नेटवर्कमा भने कनेक्टिभिटी समस्या आएको थियो ।

भोडाफोनले यूरोपका अधिकांश देशहरुमा मोबाइल सेवा संचालन गर्दछ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ६ चैत्र २०७६, बिहीबार

ताजा समाचार