ह्वाट्सएपले ल्यायो कोरोनाभाइरस इन्फरमेशन हब, भाइरस विरुद्ध लड्न १० लाख डलर दान

Technology Khabar ६ चैत्र २०७६, बिहीबार

ह्वाट्सएपले ल्यायो कोरोनाभाइरस इन्फरमेशन हब, भाइरस विरुद्ध लड्न १० लाख डलर दान

काठमाडौं ।

विश्वभरमा हाल महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको विरुद्धमा उभिँदै म्यासेन्जिंग एप ह्वाट्सएपले बुधवार विश्व स्वास्थ्य संगठन, यूनिसेफ र यूएनडिपीसँग मिलेर ‘कोरोनाभाइरस इन्फरमेशन हब’ लाई लन्च गर्ने घोषणा गरेको छ । त्यस्तै पोयन्टर इस्टिच्युटको इन्टरनेशन फ्याक्ट चेकिंग नेटवर्क (आईएफसीएन) लाई १ मिलियन अमेरिकी डलर दान पनि गरेको छ ।

हाल पुरा विश्वमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ र हालसम्म विश्वका १८० देशहरु यसको संक्रमण भेटिसकिएको छ । त्यस्तै

यस भाइरसबाट हालसम्म विश्वभरिका २ लाख भन्दा बढि मानिसहरु संक्रमित भईसकेका छन भने ८ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भईसकेको छ ।

म्यासेन्जिंग प्लेटफर्म ह्वाट्सएपले बुधवार ह्वाट्सएप कोरोनाभाइरस इन्फरमेशन हब वास्तवमा ह्वाट्सएप डट कम/कोरोनाभाइरसमा हेल्थ वर्कर्स, शिक्षकहरु, समुदायका नेताहरु, स्थानीय सरकार र स्थानीय व्यापारीहरुलाई सजिलो र कार्ययोग्य मार्ग निर्देशन गर्दछ, जुन कुराकानीको लागी ह्वाट्सएपमा निर्भर रहन्छ ।

त्यस्तै यसले हाल फैलिरहेको गलग म्यासेज र हल्लाहरुलाई कम गर्नको लागी र साइटमा मानिसहरुलाई सहि स्वास्थ्य जानकारी प्रदान गर्नको लागी साइट यूजरहरुको लागी सामान्य टिप्स पनि प्रदान गर्ने छ ।

यसबाहेक ह्वाट्सएप विश्व स्वास्थ्य संगठनर यूनिसेफसँग मिलेर पुरा विश्वभरमा म्यासेन्जिंग हटलाइन्स उपलब्ध गराउने काम पनि गरिरहेको छ र यो हटलाइन्सले विश्वासयोग्य जानकारी प्रदान गर्ने छ । त्यस्तै यसलाई ह्वाट्सएप कोरोनाभाइरस इन्फरमेशन हबमा लिस्टेड गरिने छ ।

हालसम्म, ह्वाट्सएपले धेरै देशहरु जस्तो सिंगापुर, इजरायल, दक्षिण अफ्रिका र इन्डोनेशिया आदिमा नेशनल हेल्थ मिनिस्ट्रिज र गैर सरकारी अर्गनाइजेशनसँग काम गरिसकेको छ र यसबाट आम मानिसहरुमा सहि जानकारी पुग्ने विश्वास गरिएको छ ।

easy care

प्रकाशित: ६ चैत्र २०७६, बिहीबार