शाओमीको मोबाइलमा आगलागी घटना- कम्पनीले फ्रि मा दियो यूजरलाई नयाँ स्मार्टफोन

Technology Khabar ६ चैत्र २०७६, बिहीबार

शाओमीको मोबाइलमा आगलागी घटना- कम्पनीले फ्रि मा दियो यूजरलाई नयाँ स्मार्टफोन

काठमाडौं ।

केहिदिन अघि भारतमा शाओमीको स्मार्टफोनमा आगलागी भएको घटना सार्वजनिक भएको थियो । जसपश्चात शाओमीले ड्यामेज कन्ट्रोल गर्ने कोशिस गरिरहेको छ । फसबाइटको एक रिर्पोटअनुसार कम्पनीले फोन आगलागी भएका यूजरलाई फ्रि मा नयाँ ब्याकअप अफर गरेको छ । गएको हप्ता एक भारतीयको शाओमीको रेडमी नोट ७ प्रो मा आगलागी भएको खवर प्रकाशमा आएको थियो ।

भारतका बिकेश कुमारले एक अनलाइन पोस्टमा यस घटनाको बारेमा बताएका थिए । शुरुवातमा शाओमीले यूजरलाई नयाँ स्मार्टफोन दिन अस्वीकार गरेको थियो । त्यसपछि सर्भिस सेन्टरमा यूजरलाई उक्त फोनको ५० प्रतिशत मुल्यमा नयाँ फोन दिन सक्ने अफर गरिएको थियो । र हाल शाओमीले यूजरलाई नयाँ स्मार्टफोन दिएको खवर प्रकाशमा आएको छ ।

कम्पनीले यस घटनाको बारेमा एक विज्ञप्ती जारी गर्दै आफुहरुले ग्राहकको इच्छाअनुसार समस्या समाधान गरिसकेको र सहि अर्थमा कम्पनीले आफ्नो यूजरहरुको चिन्ता गर्ने र सबै आवस्यक असिस्टेन्स दिने बताएको हो ।

शाओमीको स्मार्टफोनमा आगलागी भएको यो पहिलो घटना भने होइन । यसअघि पनि गएको वर्षको अगस्टमा रेडमी ६ए मा आगो लागेको खबर प्रकाशमा आएको थियो । उक्त घटनामा यूजरको खल्तिमै फोनमा आगो लागेको थियो । एजेन्सी

यो पनि हेर्नुस्-

जब शाओमी रेडमी नोट ७ प्रो स्मार्टफोनमा ब्लास्ट पछि आगो लाग्यो…

Global Bank
easy care

प्रकाशित: ६ चैत्र २०७६, बिहीबार

ताजा समाचार