शाओमीको नयाँ फोल्डेबल फोनको पेटेन्ट बाहिरियो, स्क्रिनको सानो भाग मात्रै फोल्ड हुने

Technology Khabar ६ चैत्र २०७६, बिहीबार

शाओमीको नयाँ फोल्डेबल फोनको पेटेन्ट बाहिरियो, स्क्रिनको सानो भाग मात्रै फोल्ड हुने

चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीको फोल्डेबल फोनको पेटेन्ट इन्टरनेटमा सार्वजनिक भएको छ । नयाँ पेटेन्टमा फ्लिप फोल्डेबल स्टाइलको यूनिक सेटअप देखिएको छ ।

यस फोनको विशेषता यो हो कि यो फोन दुई भागमा फोल्ड नभई फोनको डिस्प्लेको माथिल्लो भाग मात्रै फोल्ड हुने छ । यसै भागमा फोनको क्यामरा सेटअप रहेको छ । र फोनमा रहेका यि क्यामराले रियर र फ्रन्ट दुबै क्यामरा लेन्सको काम गर्नेछ ।

यो फ्लिप फोल्डिंग प्यार्टन मोटो रेजर २०१९ र ग्यालेक्सी जेड फ्लिप भन्दा पुरा अलग रहेको छ । कम्पनीले यसअघि पनि धेरै पेटेन्ट फाइल गरिसकेको छ, जुन हालसम्म प्रोडक्शन मोडमा आउन पाएको छैन ।

शाओमीले हालैमा चाइना नेशनल इन्टेलेक्चुअल प्रोपर्टी एडमिनिस्ट्रेशनमा पेटेन्ट फाइल गरेको हो । पेटेन्टमा रहेको तस्विरमा यो फोन मोटोरोलाको र सामसङको फोल्डेबल फोन जस्तो फोनको आधा भाग फोल्ड हुदैन । यस फोनमा क्यामरा रहेको स्क्रिनको माथिल्लो भाग मात्रै फोल्ड हुने छ ।

पेटेन्टको अनुसार यस फोल्डेबल डिभाइसमा पञ्चहोल कटआउट पनि रहने छ जसमा क्यामरा रहेको हुने छ । यसमा दुई क्यामरा सँगै एलईडि फ्ल्यास लाइट पनि रहने छ । अचम्मको कुरा त फोनमा रहेको यसै क्यामरालाई सेल्फिको लागी पनि प्रयोग गर्न सकिने छ । फोनमा सेल्फि र रियर क्यामराको रुपमा एउटै क्यामरा सेटअप रहने छ ।

यो फ्लिप मेकानिजम म्यानुअल नभई यस फोनमा मोटर लागेको हुने छ र यसैको सहयोगमा फोनलाई फोल्ड गर्न सकिने छ । यो धेरै हदसम्म असुस ६ मा आएको फ्लिप क्यामरा सेटअप सँग मिल्दो जुल्दो रहेको देखिन्छ । एजेन्सी

प्रकाशित: ६ चैत्र २०७६, बिहीबार

Comments are closed.

Loading...