मोटोरोलाको नयाँ स्मार्टफोन मोटो ई६एस को सस्तो भर्जन लन्च, यस्तो छ फिचरहरु

Technology Khabar ५ चैत्र २०७६, बुधबार

मोटोरोलाको नयाँ स्मार्टफोन मोटो ई६एस को सस्तो भर्जन लन्च, यस्तो छ फिचरहरु

काठमाडौं ।

मोटोरोलाले आफ्नो मोटो इ६एस स्मार्टफोनलाई नयाँ र सस्तो भेरियन्ट बजारमा उतारेको छ । यसको नयाँ भेरियन्टमा ४जीबी र्याम र ६४जीबी इन्टरनल स्टोरेज रहेको छ ।

कम्पनीले यस फोनलाई अमेरिका, युरोप र एशियाको केहि बजारमा लन्च गरेको हो । फोनलाई मोर ब्ल्यु र सनराइज रेड कलरको अप्शनसँगै लन्च गरिएको छ ।

मोटो इ६एस मा एचडि रिज्योल्युशन र १९ः९ आस्पेक्ट रेशियो रहेको ६.१ इन्चको आईपीएस एलसीडी डिस्प्ले रहेको छ । यस स्मार्टफोनमा २जीबी र्याम र मिडियाटेक हेलियो पी२२ प्रोसेसर रहेको छ । फोनमा ३२जीबीको बिल्ट इन स्टोरेज रहको छ । फोनमा २५६जीबी सम्म एक्सपेन्डेबल स्टोरेज को लागी माईक्रोएसडी कार्ड स्लट पनि दिइएको छ।

मोटो इ६एस मा १३ मेगापिक्सेलको र २ मेगापिक्सेलको रियर क्यामरा सेन्सर रहेको छ । फोनमा सेल्फिको लागी ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

फोनमा ३,००० एमएएचको ब्याट्री रहेको छ । यसबाहेक फोनमा ३.५ मिमी हेड फोन ज्याक र माइक्रोयूएबी रहेको छ ।

मोटोरोलाले हालसम्म मोटो इ६एसको मुल्य घोषणा गरेको छैन । एजेन्सी

easy care

प्रकाशित: ५ चैत्र २०७६, बुधबार

ताजा समाचार