फोन सँधैको लागी लक गर्नसक्ने कोरोनाभाइरस एप, प्रयोगकर्ताहरुलाई धम्की दिँदै रकम माग्ने

Technology Khabar ५ चैत्र २०७६, बुधबार

फोन सँधैको लागी लक गर्नसक्ने कोरोनाभाइरस एप, प्रयोगकर्ताहरुलाई धम्की दिँदै रकम माग्ने

काठमाडौं ।

कोरोनाभाइरसको बढ्दो इन्फेक्शनको कारणले हाल विश्वभरका मानिसहरुले यसको बारेमा धेरै भन्दा धेरै अनलाईन सर्च गरिरहेका छन । मानिसहरु कोरोनाभाइरस सँग जोडिएको खतराको बारेमा जान्न चाहनु सामान्य रहने गर्दछ ।

तर हाल यसको कुराको फाइदा इन्टरनेट वर्ल्डका साइबर क्रिमिनलहरु, अट्याकरहरु र स्क्यामरहरुले पनि उठाइरहेका छन र कोरोनाभाइरस नामबाट साइबर अट्याकहरु पनि तिव्ररुपमा बढाईरहेका छन्।

हालै मालवेयर ट्रयाकिंग साइटहरुको पत्ता लागेको थियो र अहिले कोभिड–१९ नामको एक नयाँ एप अगाडि आएको छ । जसले यूजरहरुलाई आफ्नो निशाना बनाईएको छ ।

कोभिड–१९ एन्ड्रोएड एपको सहयोगबाट यस्तो र्यान्समवेयर स्मार्टफोन यूजरहरुको डिभाइसमा फैलिरहेको छ, जसले यूजरको फोनलाई लकडाउन पनि गर्न सक्दछ । डोमिनटुल्सको एक रिर्पोटमा यस एपले कोरोनाभाइरस संक्रमणलाई ट्रयाकरको रुपमा काम गर्ने दाबी गरेपनी यसले फोनलाई एनक्रिप्ट गरिदिने छ ।

वास्तवमा यस एपमा कोभिडलक नामको एक र्यान्समवेयर रहेको पाइएको छ । सुरुमा हेर्दा यो एप साँच्चै नै सक्कली जस्तो लाग्दछ र यूजरहरुसँग एक्सेस र परमिशनहरु माग्दछ । यसपछि फोन लक हुने छ र फोनमा रहेको डाटा र फाइल्ससँग छेडछाड पनि गर्न सक्ने छ ।

स्मार्टफोन लक भएपछि यसलाई अनलक गर्नको लागी र्यान्समवेयरले डिक्रिप्शन कोड माग्दछ र एक म्यासेज स्क्रिनमा देखिने छ । यस म्यासेजमा यूजरलाई यदि आफ्नो फोन अनलक गर्नु छ भने बिटक्वाइनमा १०० डलर रकम भुक्तान गर्नुपर्ने लेखिएको हुन्छ ।

यस एपलाई डिजाइन गर्ने साइबर क्रिमिनलहरुको तर्फबाट यस रकमको माग गरिने गरिन्छ र यदि ४८ घण्टा भित्रमा रकम भुक्तान नगरेमा फोनको सबै डाटा डिलीट गर्दिने गर्दछन्। यस डाटामा कन्ट्याक्टहरुदेखि लिएर फोटो र भिडियोहरुसम्म पनि पर्दछ ।

एपको सहयोगबाट हुने यस अट्याक खतरनाक रहेपनि एन्ड्रोएड नगटले यस र्यान्समवेयर ह्याक विरुद्ध प्रोटेक्शन दिने गर्दछ ।

डोमिनटुल्सको रिसर्चले यसको लागी युजरले स्मार्टफोनमा पासवर्ड प्रोटेक्शन इनेबल गर्नुपर्ने बताएका छन् । यो खतरनाक एप वास्तवमा सक्कली जस्तो नै देखिने कोरोनभाइरस ट्रयाकर वेबसाइटबाट फैलिरहेको छ ।

सो एप प्ले स्टोरमा रहेको छैन र गूगलको तर्फबाट कोरोना भाइरससँग जोडिएको सबै एप्सलाई ब्लक गरिदिईसकेको छ । यस्तोमा कोरोना प्रोटेक्शनको लागी यूजरले प्ले स्टोरबाट नै एप्स डाउनलोड गर्नु बुद्दिमानी हुन सक्दछ । एजेन्सी

easy care

प्रकाशित: ५ चैत्र २०७६, बुधबार