फेसबुकले आफ्ना सबै स्थाई कर्मचारीहरुलाई १ हजार डलर बोनस थप दिने

Technology Khabar ५ चैत्र २०७६, बुधबार

फेसबुकले आफ्ना सबै स्थाई कर्मचारीहरुलाई १ हजार डलर बोनस थप दिने

सोशल मिडिया कम्पनी फेसबुकले आफ्ना सबै कर्मचारीहरुलाई १ हजार डलर बोनस दिने भएको छ । कम्पनीले कोरोनाभाइरसको प्रकोपको अवस्थामा उनीहरुलाई सहयोग गर्ने उद्धेश्यले १ हजार डलर बोनस दिने भएको हो ।

सो बोनस रकम वर्क फ्रम होम अर्थात घरबाट नै काम गरिरहेका कर्मचारीहरुका लागि निकै महत्वपूर्ण हुने बताईएको छ । जसअन्तरगत कर्मचारीहरुले घरमा नै सेटअप गर्न र बालबालिकाको चाइल्डकेयरमा खर्च गर्नसक्ने बताईएको छ ।

फेसबुकका सिईओ मार्क जूकरबर्गले कम्पनीको आन्तरिक नोटिसमा मंगलबार सो घोषणा गरेको रिपोर्टमा बताईएको छ । कम्पनीसँग सन् २०१९ को आधारमा करिब ४५ हजार पूर्णकालिन कर्मचारीहरु रहेका छन् ।

तर कम्पनीले पार्ट टाइम कमदारहरु वा घण्टाको आधारमा कामगर्ने कन्ट्र्याक्ट कामदारहरुलाई भने नदिने बताईएको छ । यसअघि कम्पनीले घण्टामा कामगर्ने कामदारहरुलाई पनि ज्याला दिने बताएको थियो ।

सन् २०१८ को आधारमा हेर्दा फेसबुकको औसत तलब २ लाख २८ हजार ६५१ डलर वार्षिक रहेको छ ।

यसबाहेक फेसबुककी सिओओ सेरिल स्याण्डबर्गले साना व्यवसायहरुलाई सहयोग गर्न कोरोनाभाइरस प्रभावित ३० देशहरुमा १०० मिलियन डलर अतिरिक्त खर्च गर्ने बताएकी छिन् ।

कोरोनाभाइरस यूरोप र अमेरिकामा फैलिएसँगै ठूला टेक कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाट नै कामगर्न भनेका छन् । एजेन्सी

प्रकाशित: ५ चैत्र २०७६, बुधबार

Comments are closed.

Loading...