एप्पललाई फ्रान्समा १.२ बिलियन डलर जरिवाना, बजार एकाधिकार गरेको आरोप

Technology Khabar ४ चैत्र २०७६, मंगलवार

एप्पललाई फ्रान्समा १.२ बिलियन डलर जरिवाना, बजार एकाधिकार गरेको आरोप

फ्रान्स सरकारको टेक नियामक निकाय (प्राधिकारण) ले अमेरिकी टेक कम्पनी एप्पललाई फ्रान्सको इतिहासकै सबैभन्दा ठुलो जरिवाना लगाएको छ ।

प्राधिकरणले एप्पललाई १.२ बिलियन डलर जरिवाना तिर्न आदेश दिएको हो । प्राधिकारणले एप्पललाई फ्रान्सका दुई होलसेलरहरुसँग मिलेर मुल्य नियन्त्रण गर्न गरेको गैरकानुनी सम्झौताको विषयमा जरिवाना गरेको हो ।

फ्रान्समा एप्पल सम्बन्धित यस घटनाको सुरुवात सन् २०१२ मा एबिकुसले फ्रान्स सरकारको टेक नियामक निकायलाई उजुरी गरेबाट भएको हो । र यसबारेमा प्राधिकरणले २०१२ देखि नै अनुसन्धान सुरु गरेको थियो । त्यस बखत उजुरी गर्ने रिसेलरले यहाँको होलसेलर एप्पलसँग मिलेको र एक अर्कासँग प्रतिस्प्रर्धा नगरेको आरोप लगाएका थिए ।

फ्रान्सेली टेक नियामक निकायका अनुसार एप्पलले आफ्ना साझेदारहरुसँग अनुचित व्यवहार गरेको र स्टोर रहेको तुलनामा कम मात्रामा आइप्याड लगायत सामानहरु उपलब्ध गराएको हो । यसबाट बजारमा प्रतिस्पर्धा कम हुनुका साथै यसले आधा समानको मुल्य नियन्त्रण भएको थियो ।

त्यस्तै एप्पलले भने फ्रान्स सरकारले लगाएको यस जरिवानालाई निराशजनक भनेको छ र कम्पनी ले आफुहरुले यस विरुद्द अपिल गर्ने जनाएको छ ।

फ्रान्स टेक नियमक निकायले एप्पललाई लगाएको जरिवाना हालसम्म कै ठुलो जरिवाना हो । यसअघि प्राधिकरणले गूगललाई अपारदर्शि विज्ञापन नियमका कारण १५० मिलियन युरो (१६७ मिलियन डलर) जरिवाना लगाएको थियो । एजेन्सी

प्रकाशित: ४ चैत्र २०७६, मंगलवार

Comments are closed.

Loading...