ह्वाट्सएपले नयाँ फिचर ल्याउँदै, केहि समयपछि म्यासेज आफैं डिलिट हुने ‘अटो डिलीट’ आउँदै

Technology Khabar ४ चैत्र २०७६, मंगलवार

ह्वाट्सएपले नयाँ फिचर ल्याउँदै, केहि समयपछि म्यासेज आफैं डिलिट हुने ‘अटो डिलीट’ आउँदै
Classic Tech

ह्वाट्सएपले हालैमा आफ्नो नयाँ फिचर डार्क मोडलाई लन्च गरेको थियो । यस फिचरलाई यूजरहरुले निकै समयदेखि कुरिरहेका थिए । र हाल ह्वाट्सएपले फेरी अर्को नयाँ फिचर ल्याउँदै गरेको खुलासा भएको छ ।

ह्वाट्सएपले केहि बीटा यूजरहरुलाई हालै अटो डिलीट फिचर जारी गरेको छ । जसलाई कम्पनीले चाँडै नै सबै यूजरहरु माझ ल्याउन सक्ने अनुमान लगाइएको छ ।

ह्वाट्सएपको यस नयाँ फिचरलाई हाल अटो डिलीटको नामले चिनिएको छ । यस अनुसार कम्पनीले यूजरहरुले म्यासेजलाई अटो डिलीट गर्ने सुबिधा पाउने छन् । यसको अर्थ यूजरले म्यासेजको लागी एक निश्चित समयको छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि उक्त म्यासेज आफैं डिलीट हुने छ । यस फिचरलाई ह्वाट्सएपको ग्रुप र पर्सनल च्याट दुबैको लागी प्रदान गरिने छ । यसमा यूजरले एक घण्टादेखि लिएर एक वर्षसम्मको म्यासेज छान्न सक्नेछन । उक्त निश्चित समय पछि यूजरको म्यासेज आफैं डिलीट हुने छ ।

यदि यूजरले कुनै म्यासेजलाई एक घण्टापछि डिलीट गर्न चाहेको खण्डमा यूजरले यसमा निश्चित समयको अप्शनमा एक घण्टा सेलेक्ट गर्न सक्नेछन्। यसपछि उक्त समयपछि ह्वाट्सएपमा यूजरको म्यासेज आफै डिलीट हुने छ । यदि यूजरले म्यासेज डिलीट गर्न नचाहेमा यस अप्शनलाई अफ पनि गर्न सक्ने छन्।

हाल कम्पनीले यस फिचरलाई बीटा यूजरहरुको लागी मात्रै जारी गरेको छ भने अन्य यूजरहरुले यस फिचरको तत्कालै प्रयोग गर्न पाउने छैनन । कम्पनीले सबै यूजरहरुको लागी उपलब्ध गरेपछि मात्रै अन्य यूजरहरुले यस फिचरको प्रयोग गर्न पाउने छन्।

यदि यूजरले यसको प्रयोग गर्न चाहेका खण्डमा ह्वाट्सएपमा हुने डिलीट म्यासेज विकल्पमा क्लिक गर्नुपर्नेछ । यसमा क्लिक गरेपछि यूजरले यसमा एक पपअप खुला पाउने छन । यसमा यूजरलाई म्यासेजलाई कति समयपछि डिलीट गर्ने भन्ने प्रश्न गरिने छ । यसमा यूजरले एकघण्टा, एकदिन, एकहप्ता, एकमहिना र एकवर्ष मध्येबाट एउटालाई चुन्न सक्नेछन । यदि यूजरले म्यासेज डिलीट गर्न नचाहेको खण्डमा यसलाई अफ गर्न पनि सक्ने छन ।

त्यस्तै ग्रुपमा पनि यूजरले यहि प्रक्रियालाई अपनाउनु पर्ने हुन्छ । ग्रुपमा यूजरले यस्तो गर्दा छनोट गरिएको निश्चित समयमा यूजर आफुले पठाएको सबै म्यासेज डिलीट हुने छ ।

हालसम्म ह्वाट्सएपमा यस प्रकारको फिचर उपलब्ध रहेको छैन । यसैगरी कम्पनीले यस फिचरको लन्चिंग डेट पनि घोषणा गरेको छैन । तर ह्वाट्सएपको यस फिचरलाई यूजरहरुले निकै रुचाउन सक्ने अनुमान लगाईँदै आएको छ ।

TK Viber

प्रकाशित: ४ चैत्र २०७६, मंगलवार

Loading...