भारतमा डेबिट र क्रेडिट कार्डसँग जोडिएको नियम परिवर्तन, अनलाइन र विदेशी कारोबारमा कडाई

Technology Khabar ३ चैत्र २०७६, सोमबार

भारतमा डेबिट र क्रेडिट कार्डसँग जोडिएको नियम परिवर्तन, अनलाइन र विदेशी कारोबारमा कडाई
सांकेतिक
Classic Tech

भारतमा क्रेडिट तथा डेबिट कार्डसँग जोडिएको नियम १६ मार्च अर्थात आजबाट बदलिएको छ । नयाँ नियमले कार्डलाई अझ सुरक्षित र सुविधाजनक बनाउनको लागी नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्पी यसमा भारतीय यूजरहरुको लागी केहि फाइदा हुने देखिएको छ भने केहि नोक्सान हुने पनि देखिएको छ ।

भारतीय रिजर्भ बैंक (आरबीआई) ले डेबिट तथा क्रेडिट कार्डबाट हुने ट्रान्जेक्शनहरुलाई अझ सहज र पहिलेभन्दा अधिक सुरक्षित बनाउने उदेश्यबाट दुबै कार्डको इश्यु/रिइश्यु गर्नको लागी नयाँ नियम जारी गरेको जनाएको छ। यसबारेमा भारतमा रिजर्भ बैंकले १५ जनवरीमा नोटिफिकेशन जारी गरेको थियो । यो नयाँ नियम प्रिपेड गिफ्ट कार्ड्स र मेट्रो कार्डमा भने लागू हुने छैन ।

आरबिआईले बैंकहरुसँग डेबिट र क्रेडिट कार्ड जारी वा पुर्नजारी गर्दाको समय यसलाई भारतमा एटिएम र प्वाइन्ट अफ सेल (पिओएस) टर्मिनल्समा ट्रान्जेक्शनको लागी सक्रिय गर्न भनेको छ । भारतको यस नयाँ नियम अनुसार अब ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको प्रयोग एटिएम र पिओएस टर्मिनलमामा मात्रै गर्न सक्दछन्।

यदि ग्राहकहरुले अनलाईन ट्रान्जेक्सन, कन्ट्याक्टलेस ट्रान्जेक्शन वा इन्टनेशनल ट्रान्जेक्शन गर्न चाहेमा यी सेवाहरु चालु गर्नू पर्दछ । भारतको पुरानो नियम अनुसार ती सेवाहरु कार्डसँगै स्वतः प्राप्त हुन्थ्यो भने अब ग्राहकहको आग्रहमा मात्रै सुरु हुने छ । यसको अर्थ कोहि यूजरले भारत बाहेकका देशबाट अनलाइन वा कन्ट्याक्टलेस ट्रान्जेक्शनको सुविधा चाहेमा उसले यो सेवा छुट्टै रुपमा लिनुपर्ने छ ।

भारतमा हाल रहेका कार्ड होल्डरहरुले आफ्नो जोखिमको आधारमा डोमेस्टिक र इन्टरनेशनल कार्ड ट्रान्जेक्शनलाई डिसेबल गर्न चाहने वा नचाहने तय गर्न सक्दछन । यदि यूजरले चाहेमा यी सुबिधालाई आफ्नो डेबिट वा क्रेडिट कार्डमा डिसेबल गर्न पनि सक्दछन्।

यदि कोहि भारतीय यूजरले डेबिट वा क्रेडिट कार्डबाट हालसम्म पनि कुनै अनलाईन ट्रान्जेक्शन गरेका छैनन भने उनिहरुको कार्डमा यी सेवाहरु १६ मार्चबाट स्वतः बन्द हुने छ । अर्थात कुनैपनि भारतीय युजरले यस सुबिधालाई जारी राख्नको लागी आफ्नो कार्डबाट १६ मार्च अघि कम्तिमा पनि एक पटक अनलाईन ट्रान्जेक्शन गरेको हुनुपर्दछ ।

रिजर्भ बैंकले भारतका सबै बैंकहरुसँग मोबाइल एप्लिकेशन, लिमिट मोडिफाई गर्नको लागी नेट बैकिंग विकल्प र इनेबल वा डिसेबल सेवा हप्ताको सातै दिन चौबीसै घण्टा उपलब्ध गराउन भनेको छ ।

अब भारतीय कार्ड यूजरहरुले कुनैपनि समयमा आफ्नो कार्डलाई अन/अफ गर्न सक्दछन वा ट्रान्जेक्शन लिमिटमा परिर्वतन गर्न सक्दछन । यसको लागी उनिहरुले मोबाइल एप वा इन्टरनेट बैकिंग वा एटिएम वा आईवीआरको सहयोग लिन सक्दछन ।

भारतमा बैंकहरुले कार्डहोल्डरलाई पीओएस/एटिएम/अनलाइन ट्रान्जेक्शन/कन्ट्याक्टलेस ट्रान्जेक्शनको लागी ट्रान्जेक्शन लिमिटमा डोमेस्टिक तथा इन्टरनेशनल दुबैमा परिर्वतन गर्ने सुविधा दिनु पर्ने छ । यसको साथै बैंकहरुले कार्ड लाई स्विच अन र अफ गर्ने सुविधा पनि दिनुपर्ने छ ।

यदि ग्राहकहरुले आफ्नो कार्डको स्ट्याटस मा कुनै परिवर्तन गरेमा वा कोहि अन्यले गर्ने कोशिस गरेमा बैंकले एसएमएस वा इमेलको माध्यमबाट ग्राहकलाई अलर्ट गर्ने छ र सुचना पठाउने छ । एजेन्सी

TK Viber

प्रकाशित: ३ चैत्र २०७६, सोमबार

Loading...