फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने एलसिडी स्क्रीनयुक्त डिभाइसहरु ६० लाख यूनिट नाध्ने

Technology Khabar ३ चैत्र २०७६, सोमबार

फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने एलसिडी स्क्रीनयुक्त डिभाइसहरु ६० लाख यूनिट नाध्ने
Classic Tech

विश्वभर सन् २०२० मा फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने एलसिडी स्क्रीनको उत्पादन बृहतरुपमा हुँदैछ । सोहि समयमा आएको एक तथ्यांकअनुसार यसै वर्षमा नै फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने एलसिडी स्क्रीन डिभाइसहरुको आपूर्ति ६० लाख नाध्नेछ ।

सीआईएनएनओको अनुसन्धान रिपोर्टअनुसार सन् २०२० भित्रै फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने एलसिडी स्क्रीन स्मार्टफोनहरुको प्रयोग ६० लाख यूनिट नाध्नेछ भने सन् २०२१ मा यो ५ करोड २७ लाख भन्दा बढि हुनेछ ।

सन् २०२४ सम्ममा एलसिडीमा अण्डर स्क्रीन फिंगरप्रिन्ट रिकोग्निसन सपोर्टको वृििद्ध हुँदै करिब १९ करोड यूनिट पुग्ने प्रक्षेपण गरिएको छ।

एलसिडी स्क्रीन संरचना ओएलईडी स्क्रीनको संरचनाभन्दा जटिल हुने गर्दछ । यसमा फिल्म लेयरको संख्या धेरै हुन्छ भने प्रकाश प्रवाह न्यून हुन्छ । त्यसगरि यसमा अप्टिकल फिंगरप्रिन्ट रिकोग्निसन राख्न ओएलईडीको भन्दा निकै कठिन हुने गर्दछ ।

अनुसन्धान रिपोर्टअनुसार बजारमा सबैभन्दा पहिलो फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने एलसिडी स्क्रीनका साथमा रेडमीले आफ्ना उत्पादनहरु ल्याउन सक्नेछ । रेडमीले फु शी टेक्नोलोजीद्धारा विकास गरिएको एलसिडी स्क्रीन फिंगरप्रिन्ट प्रयोग गर्नेछ र ब्याकलाइट फिल्म म्यानुफ्याक्चररको रुपमा ३एम कम्पनी रहेको छ ।

गत वर्ष सन् २०१९ अप्रिल २४ मा फु शी टेक्नोलोजीले नै विश्वको पहिलो मास प्रडक्सन गर्न सकिने फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने एलसिडी स्क्रीन सार्वजनिक गरेको थियो ।

फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने एलसिडी स्क्रीन डिभाइसहरु बजारमा आउने तयारी भएपनि अझैपनि फिंगरप्रिन्ट रिकोग्निसन सपोर्ट गर्ने ओएलईडी स्क्रीन हाईइण्ड डिभाइसहरुमा प्रयोग हुनेछ ।

TK Viber

प्रकाशित: ३ चैत्र २०७६, सोमबार

Loading...