जब शाओमी रेडमी नोट ७ प्रो स्मार्टफोनमा ब्लास्ट पछि आगो लाग्यो…

Technology Khabar ३ चैत्र २०७६, सोमबार

जब शाओमी रेडमी नोट ७ प्रो स्मार्टफोनमा ब्लास्ट पछि आगो लाग्यो…
Classic Tech

रेडमी नोट ७ प्रो मा ब्लास्ट भएको खबर सार्वजनिक भएको छ रेडमी नोट सीरीज शाओमीको पपुलर स्मार्टफोन सीरीज मध्येको एक हो ।

रिर्पोटका अनुसार यो घटना भारत गुडगाउँको हो, जहाँ एक यूजरको रेडमी नोट ७ प्रो मा अचानक आगो लागेर उक्त फोन ब्लास्ट भएको थियो । रिर्पोटमा फोन निकै तातो भएर ब्लास्ट भएको उल्लेख गरिएको छ । यद्पी शाओमीले भने यस घटनाको जिम्मेवार यूजरलाई नै देखाएको छ ।

भारतीय टेक अनलाइन ९१मोबाइल्सको रिर्पोटअनुसार उक्त ब्लास्ट भएको स्मार्टफोन यूजरको नाम बिकाश कुमार हो । फोन ब्लास्ट भएको बेला यूजरसँग भएको एक ब्यागमा पनि आगो लागेको छ । बिकाशका अनुसार यस घटनाबाट उसको ब्याक पुर्णरुपमा खराव भएको छ ।

बिकाशका अनुसार यस घटनाबाट उनलाई कुनै चोटपटक भने लागेको छैन । तर कम्पनीको तर्फबाट भने बिकाशले निकै निरासाजनक रेस्पोन्स पाएका छन । यस घटनापछि उनले उक्त फोनलाई सर्भिस सेन्टरमा लिएर जाँदा कम्पनीले उनलाई नै यस घटनाको जिम्मेवार देखाएको हो । Xiaomi Smartphone Blast

त्यस्तै कम्पनीले फोन रिप्लेश गर्नको लागी बिकाशसँग पैसा मागेको थियो । कम्पनीले यूजरसँग ५० प्रतिशत रकम माग गरेको हो । कम्पनीको तर्फबाट कुनै सहयोग नपाएपछि बिकाशले यस घटनालाई सोशल साइटमा सार्वजनिक गरेका थिए । उनले उक्त फोन २०१९ को डिसेम्वरमा किनेका थिए ।

यूजरले बताएअनुसार उनले फोनमा लागेको आगो निभाउनको लागी आगो निभाउने उपकरणको प्रयोग गर्नु परेको थियो । कम्पनीले यस घटना पावर अन फल्टको कारणले भएको जनाएको छ । रिर्पोट अनुसार आगोलाग्नु अघि यूजरको फोनमा ९० प्रतिशत चार्ज रहेको थियो । उनले आफुसँग रहेको फोन निकै तिव्ररुपमा तातो हुँदै गएको थाहा पाएपछि फोन रहेको ब्यागसँगै फोनलाई माथी फालेका थिए, जसलगत्तै फोन ब्लास्ट भएर फोनसँगै उनको ब्याक पनि जलेको रिर्पोटमा उल्लेख गरिएको छ । एजेन्सी

TK Viber

प्रकाशित: ३ चैत्र २०७६, सोमबार

Loading...