कोरोनाभाइरस जाँच अब घरमा बसेर नै गर्न सकिने, गूगलअन्तरगतको कम्पनीले वेबसाइट ल्याउँदै

Technology Khabar ३ चैत्र २०७६, सोमबार

कोरोनाभाइरस जाँच अब घरमा बसेर नै गर्न सकिने, गूगलअन्तरगतको कम्पनीले वेबसाइट ल्याउँदै

काठमाडौं ।

चीनबाट पुरा विश्वभर फैलिरहेको कोरोनाभाइरसले हाल विश्वभर निकै ठुलो असर पुर्याईरहेको छ । विश्वका धेरै मुलुकहरुले यसलाई राष्ट्रिय आपतकालकोरुपमा समेत घोषणा गरेका छन ।

कोरोनाभाइरसको परीक्षणको लागी हाल गूगलले एक नयाँ वेबसाइट बनाउँदै छ । गूगलको यो वेबसाइट एक भाइरस ट्राइएज टूल हो । यसलाई गूगलअन्तरगतको कम्पनी वर्लीद्धारा बिकसित गरिँदैछ, जुन अल्फाबेटको एक स्वास्थ्य निरिक्षणको इकाई हो । यो वर्लीको प्रोजेक्ट बेसलाइनको हिस्सा हुने छ ।

गूगलको यस भाइरस परीक्षण वेबसाइट हाल प्रारम्भिक चरणमा रहेको छ र सोमबार पहिलोपटक यसलाई सन फ्रान्सिस्कोको तटिय क्षेत्रका लागि अनलाईन गरिँदैछ ।

शुक्रवार ह्वाइट हाउसको रोज गार्डेनमा भएको प्रेस कन्फ्रेन्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गूगल हाल कोरोनाभाइरसको परिक्षणको लागी एक वेबसाइटमा काम गरिरहेको र यसमा गूगलको १,७०० इन्जिनियरहरु काम गरिरहेको बताएका थिए । ट्रम्पले यस वेबसाइटले मानिसहरुमा कोरोना परिक्षण गर्नुपर्ने आवस्यकता रहे नरहेको पत्ता लगाउन सहयोग गर्ने बताएका थिए । यसको साथै यसले नजिकको स्थानका लागी निर्देशन पनि गर्ने छ । जसमा वालमार्ट र पार्किग स्थलमा ड्राइभ–थ्रु परिक्षण केन्द्र पनि शामेल रहने छन ।

कोरोनाभाइरसको परिक्षणको लागी गूगल वेबसाइट निर्माणमा लागेका वर्लीका प्रवक्ता केरोलिन वान्गले आफुहरुको योजना सोमबारसम्म वेबसाइट लाइभ गर्ने रहेको बताएका छन। गएको बिहिवार अल्फाबेटमा मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईले कर्मचारीहरुलाई वर्ली र गूगलले यस परिक्षणमा सहयोग गरिरहेको बताएका थिए । पिचाईले अधिक टेस्ट किटहरु आफुहरुलाई उपलब्ध भएसँगै बेसलाइन वेबसाइटमा मानिसहरुलाई निर्देशन गर्न सार्वजनिक स्वास्थ्य र स्वास्थ्य हेरचाह गर्ने एजेन्सीहरुको लागी मार्ग विकसित गर्न खोजीरहेको उल्लेख गरेका छन । जहाँ कोरोना संक्रमित मानिसहरुलाई नयाँ मार्गदर्शनको आधारमा परिक्षण साइटहरुमा निर्देशन गर्न सकिने छ ।

हालसम्म विश्वभर कोरोनाभाइरसको कारणले ५ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ ।

easy care

प्रकाशित: ३ चैत्र २०७६, सोमबार