यूट्यूवमा आयो नयाँ फिचर, एन्ड्रोएड र आईओएस दुबैलाई उत्तिकै लाभदायी

Technology Khabar २ चैत्र २०७६, आईतवार

यूट्यूवमा आयो नयाँ फिचर, एन्ड्रोएड र आईओएस दुबैलाई उत्तिकै लाभदायी

काठमाडौं ।

गूगलको भिडियो स्ट्रिमीङ्ग प्लेटफर्म यूट्यूबले नयाँ फिचर सार्वजनिक गरेको छ । यस फिचरलाई यूट्यूबले गएको २ वर्षदेखि परीक्षण गर्दै आईरहेको थियो ।

यूट्यूबको नयाँ फिचर एन्ड्रोएड र आईओएस दुबै प्लेटफर्मका यूजरहरुको लागी रहेको छ ।

यस फिचरको सहयोगमा यूट्यूब यूजरहरु धेरै कन्टेन्टसम्म पुग्न सक्ने छन । कम्पनीले यस फिचरलाई ‘एक्सप्लोर’ नाम दिएको छ । अर्थात अब यूजरहरुले यूट्यूबमा एक्सप्लोर नामको नयाँ ट्याब पाउने छन । यो नयाँ फिचर यसअघिको ट्रेन्डिङ्गको ठाउँमा देखिन्छ । नयाँ एक्सप्लोर ट्याबको घोषणा गूगल सर्पोट पेजको माध्यमबाट गरिएको हो ।

यस पेजमा गूगलका एक कर्मचारीले आउँदो केहि दिनमा यो फिचर सबै मोबाइल र ट्याबलेटहरुका लागी सार्वजनिक हुने बताएका छन्। यो फिचर आईओएस र एन्ड्रोएड दुबै प्लेटफर्मको लागी उपलब्ध हुने छ । पोस्ट अनुसार एक्सप्लोर ट्याब यूट्यूबमा तल रहने छ । यस अप्सनमा युजरहरुलाई अन्य धेरै बिकल्पहरु पनि प्राप्त हुने छ जसको सहयोगमा यूजरहरुले अझ उत्कृष्ट तरिकाले सर्च गर्न सक्दछन । यहाँ यूजरलाई म्युजिक, गेमिङ्ग, न्यूज, मुभी एन्ड शो, फेशन एन्ड ब्युटी र लर्नको बिकल्प मिल्नेछ ।

पोस्टमा कम्पनीले आउँदा दिनमा यसमा अरु पेजहरु पनि जोड्दै लाने भएकाले यूजरहरुलाई यसमा अरु केहि हेर्न चाहेको भए बताउन पनि भनिएको छ । एक्सप्लोर फिडमा यूजरलाई क्रिएटर अन द राइज र आर्टिस्ट अन द राइजको बिकल्प रहने छ । नाम जस्तै यसमा यूजरले नयाँ क्रियटरको कन्टेन्ट देख्ने छन । एक्सप्लोर फिड मा यूजरहरुले ट्रेन्डिंग को पनि एक पेज पाउने छन् । गएको महिना यूट्यूबले आफ्नो क्लासिक डेस्कटप इन्टरफेस हटाउने तयारीमा रहेको खबर प्रकाशमा आएको थियो ।

यसको अर्थ यूजरहरुले क्लासिक डेस्कटप इन्टरफेस वा म्याटेरियल डिजाइनमध्ये एक छनोट गर्ने बिकल्प पाउने छैनन । यस इन्टरफेसलाई कम्पनीले २०१७ मा जारी गरेको थियो । यूट्युबको नयाँ फिचर मोबाइल र ट्याबलेट मा सार्वजनिक गरिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २ चैत्र २०७६, आईतवार