भारतमा मोबाइल डाटाको मूल्य १० गुणासम्म वृद्धि हुनसक्ने, डाटाको फ्लोर रेट तय गर्न माग

Technology Khabar २ चैत्र २०७६, आईतवार

भारतमा मोबाइल डाटाको मूल्य १० गुणासम्म वृद्धि हुनसक्ने, डाटाको फ्लोर रेट तय गर्न माग

काठमाडौं ।

हाल भारत विश्वकै सस्तो मोबाइल डाटा रहेको देशहरुको सूचीमा रहेको छ । तर यदि भारतीय टेलिकम कम्पनीहरुले गरेको सिफारिस मन्जुर भएको खण्डमा भारतमा मोबाइल डाटाको मुल्यमा १० प्रतिशतसम्म वृद्धि हुन सक्ने देखिएको छ ।

हाल भारतमा मोबाइल डाटाको औशत मूल्य लगभग १९ भारु प्रति जीबी रहेको छ । भने विश्वमा मोबाइल डाटाको औशत मुल्य लगभग १,०४० भारु प्रति जीबी रहेको छ ।

वास्तवमा भारतमा मोबाइल सर्भिस प्रोभाइडर कम्पनीहरुले मोबाइल डाटाको फ्लोर रेट तय गर्न माग गरेका छन । फ्लोर रेट मोबाइल डाटाको लागी न्युनतम मुल्य हुने छ । यस्तो भएमा सबै कम्पनीहरुले न्युनतम मुल्यमा नै आफ्नो मोबाइल डाटा प्याकको मुल्य तय गर्नु पर्दछ ।

भारतमा हाल भोडाफोन आईडियाले ३५ भारतीय रुपैयाँ प्रतिजीबी डाटा मूल्य बनाउन माग गरेको छ । त्यस्तै एयरटेलले ३० भारु प्रति जीबी र रिलायन्स जियोले २० भारु प्रति जीबी फ्लोर रेट राख्न माग गरेको छ ।

त्यस्तै भारतमा मोबाइल डाटाको फ्लोर रेट तय गर्न भारतीय निती आयोगका प्रमुख अभिताभ कान्तले माग गरेका कारणले पनि भारतमा मोबाइल डाटा रेट बढ्न सक्ने देखिएको हो । कान्तले भारतीय टेलिकम सेक्टर कर्जामा डुबेको र यसबाट निस्कनको लागी आफुले टेलिकम कम्पनीहरुको मागको समर्थन गरेको बताएका छन ।

उनले फ्लोर रेट तय गरेर मात्रै कम्पनीहरुको समस्या समाधान नहुने पनि स्पस्ट पारेका छन ।

भारतमा यदि फ्लोर रेट तय भएमा कम्पनीहरु आफैँले डाटाको मुल्य निर्धारण गर्नेछन । यस्तोमा कम्पनीहरु मार्केटमा टिकीरहनको लागी प्रतिस्पर्धामा जाँदा सस्तो मोबाइल डाटा दिनपर्ने सम्भावना पनि रहने छ ।

यदि भारत सरकारले टेलिकम कम्पनीहरुको सिफारिस स्विकार गरेको खण्डमा मोबाइल डाटाको मुल्य औशत भारु २५ प्रति जीबीसम्म हुन सक्ने छ । यस्तोमा एक भारतीय युजरले दैनिक १.५ जीबी डाटा खपत गरेमा मासिक ४५ जीबी डाटा यूज गर्दछन र यसको लागी उनिहरुले १ हजार भारु भन्दा धेरै रकम खर्च गर्नु पर्ने छ । एजेन्सी

easy care

प्रकाशित: २ चैत्र २०७६, आईतवार