पबजीको अनग्राउन्ड इभेन्ट क्यान्सिल, अब अनलाईनमा पबजी प्रो लिग आयोजना हुने

Technology Khabar २ चैत्र २०७६, आईतवार

पबजीको अनग्राउन्ड इभेन्ट क्यान्सिल, अब अनलाईनमा पबजी प्रो लिग आयोजना हुने
Classic Tech

पबजीले आफ्नो प्लेयरहरुलाई कोरोनाबाट बचाउनको लागी नयाँ निर्णय गरेको छ । यो गेम नेपालसमेत विश्वभर निकै लोकप्रिय रहेको छ ।

टेनसेन्ट र पबजी कर्पोरेशनले पबजी मोबाइल प्रो लिगलाई एक अनलाईन प्रतियोगितामा रुपान्तरण गरेको घोषणा गरेको छ । कोरोनाभाइरसको तिव्र गतिमा बढिरहेको प्रकोपको कारणले कम्पनीले यस्तो निर्णय गरेको हो ।

कम्पनी यो इभेन्ट अब अनग्राउन्ड इभेन्टको रुपमा हुने छैन । कम्पनीले एक विज्ञप्तिमा आफुहरुको प्रायोरिटी प्लेयरहरु र स्टाफ रहेको र यसैकारण कम्पनीले पबजी मोबाइल प्रो लिग साउथ एसिया २०२० लाई अब अनलाईन इभेन्टको रुपमा आयोजना गर्ने निर्णय गरेको बताएको छ ।

कम्पनीको यस इभेन्ट मार्च १९ देखि सुरु हुँदैछ, तर कम्पनीको यस निर्णय पश्चात यसमा फ्यान र दर्शकहरुको उपस्थिती देखिने छैन् । यद्पी यस इभेन्टलाई लाइभ स्ट्रिमिंग प्लेटफर्मको माध्यमबाट हेर्न सकिने छ । पबजीको फेसबुक र यूट्यूब च्यानलमा यस इभेन्टको लाइभ स्ट्रिमिंग हेर्न सकिने छ ।

यस निर्णय पश्चात टेनसेन्ट गेम्स पनि अन ग्राउन्ड इभेन्टलाई क्यान्सिल गरेर अनलाईन इभेन्ट गर्ने टेक कम्पनीहरुमा सामेल भएको छ ।

हालै गूगललको आई/ओ २०२० र फेसबुक्स एफ८ इभेन्ट क्यान्सिल गरिएको थियो। यसअघि शाओमी र रियलमीले पनि भारत हुने आफ्नो अन ग्राउन्ड इभेन्टलाई क्यान्सिल गरेका थिए । दुबै कम्पनीहरुले यसलाई अनलाईन इभेन्टको रुपमा आयोजना गरेका थिए ।

त्यस्तै पबजीको नयाँ अपडेट ६.३ टेस्ट सर्भरसँगै लाइभ भएको छ । यसअघि यस अपडेटलाई पनजरफस्टसँगै टिज भएको थियो । यसमा हतियार परिर्वतन मा केहि वेपन्सलाई रिब्यालेन्सिंग पनि सामेल रहेको छ । कम्पनीले यस बाहेक केहि बग्सलाई पनि फिक्स गरेको छ, साथै टिम डेथम्याचमा भईरहेको केहि समस्याहरुलाई पनि ठिक गरेको छ ।एजेन्सी

TK Viber

प्रकाशित: २ चैत्र २०७६, आईतवार

Loading...