भारतमा मोबाइल फोनमा लाग्ने कर १८ प्रतिशत पुग्यो, नेपाली बजारमा मोबाइलको मूल्य के होला ?

Technology Khabar २ चैत्र २०७६, आईतवार

भारतमा मोबाइल फोनमा लाग्ने कर १८ प्रतिशत पुग्यो, नेपाली बजारमा मोबाइलको मूल्य के होला ?
Classic Tech
Nepal Telecom

भारतको जीएसटी परिषदले मोबाइल फोनमा माल एवम् सेवाकर (जीएसटी) दरलाई १८ प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको छ । भारतमा यसअघिसम्म मोबाइल फोनमा १२ प्रतिशतसम्म माल एवम् सेवाकर लिईने गरिन्थ्यो ।

हाल यसमा जीएसटी परिषदले ६ प्रतिशतले बढोत्तरी गर्ने निर्णय गरेको हो ।

परिषदको यस कदमले भारतीय खुद्रा बजारमा मोबाइलको मुल्य बढ्न सक्ने आशंका गरिएको छ । परिषदको यस निर्णयलाई इन्डिया सेल्युलर एसोसिएशनले डिजिटल इन्डियाको लागी हानिकारक कदम भनेको छ ।

भारतमा स्मार्टफोन निर्माता कम्पनीहरुले यसलाई उपभोक्ताहरुको लागी पारित गर्ने निर्णय गरेमा आगामी अप्रिल १ देखि भारतमा स्मार्टफोनको मुल्यमा वृद्धि हुने छ । भारतमा हालसम्म जीएसटी दर १२ प्रतिशत दियो भने ब्याट्रीमा १८ कर लगाईएको थियो ।

इन्डिया सेल्युलर एसोसिएशनका अध्यक्ष पंकज मोन्हिन्द्रुले भारतमा जीएसटीमा ६ प्रतिशत को वृद्धि गर्ने निर्णय डिजीटल इन्डियाको दृष्टिकोणमा निकै हानिकारक भएको बताएका छन् । उनका अनुसार यस निर्णयले भारतीय मोबाइल बजारमा बिक्रीदर कम हुने र यसबाट कम्तीमा पनि २ लाख करोड भारतीय रुपैयाँको नोक्सान हुन सक्ने छ ।

त्यस्तै शाओमी इन्डियाका एमडि मनु कुमार जैनले परिषदको यस कदमले उद्योगमा निकै ठुलो गिरावट आउन सक्ने बताएका छन । शाओमी भारतको सबैभन्दा ठुलो स्मार्टफोन बिक्रेता कम्पनी हो र यसको भारतीय स्थानिय स्तरमा अधिकांश इकाईहरु रहेको छ ।

जैनले एक ट्विटमा भारतमा हाल स्मार्टफोन उद्योगहरु पहिले देखि नै डलरको तुलनामा भारतीय रुपैयाँमा भइरहेको नोक्सानको समस्यासँग जुधिरहेको बताएका छन । त्यस्तै उनले अर्को ट्विटमा भारतीय अर्थमन्त्री र प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस वृद्धिमा पुनर्विचार गर्न आग्रह पनि गरेका छन ।

भारतमा शीर्ष स्मार्टफोन ब्रान्डहरुको प्रतिनिधित्व गर्ने भारतीय सेल्युलर एसोसियशनले भारतीय केन्द्रिय अर्थ मन्त्री सीतारमण लाई एक पत्र लेख्दै जीएसटी दरलाई १२ प्रतिशतमा नै राख्न आग्रह गरेको छ ।

मोहिन्द्रुले पत्रमा कोरोनाभाइरसको कारणले मोबाइलको आपुर्ती श्रृखंलामा गम्भिर गिरावट आएको उल्लेख गरेका छन । उनले मोबाइल फोनमा जीएसटी दरमा कुनै पनि प्रकारको बढेत्तरीमा बिचार गर्नको लागी यो प्रतिकुल समय रहेको पनि जनाएका छन ।

नेपाली बजारमा अधिकांश मोबाइल फोनहरु चीन र भारतबाट आयात हुने गर्दछन् । चिनियाँ ब्राण्डहरुले पनि भारतमा नै उत्पादन गर्ने हुँदा त्यहाँ नै करको दर बढ्दा नेपालमा पनि मूल्य बढ्ने संभावना रहन्छ ।

TK Viber

प्रकाशित: २ चैत्र २०७६, आईतवार

Comments are closed.

Loading...