एप्पलले कोभिड-१९ सम्बद्ध एप्समा कडाई गर्दै, एप्स स्टोरमा राख्दा थप प्रकृया पुरा गर्नुपर्ने

Technology Khabar २ चैत्र २०७६, आईतवार

एप्पलले कोभिड-१९ सम्बद्ध एप्समा कडाई गर्दै, एप्स स्टोरमा राख्दा थप प्रकृया पुरा गर्नुपर्ने

काठमाडौं ।

एप्पलले आफ्नो एप स्टोरमा राखिने कोरोनाभाइरस थीम भएका एप्सहरुमा थप कडाई गर्ने भएको छ । कम्पनीले विश्वभर त्रास फैलाईरहेको कोरोनाभाइरसमा आधारीत एप्सहरुको प्रावधानलाई कडा बनाएको हो ।

अब एप्पलले स्टोरमा भाइरससँग सम्बन्धित एप्सहरुलाई रिभ्यू गर्ने उल्लेख गरेको छ । कम्पनीले शनिवार डेभलपर ब्लगमा नोट पोस्ट गर्दै सो जानकारी दिएको हो ।

‘यी अपेक्षाहरुलाई पुरा गर्न हामी एप्सलाई क्रिटिकल तरिकाले मूल्यांकन गरिरहेका छौं र भएका डाटाहरु आधिकारी र विश्वसनिय भएको सुनिश्चित गर्नुपर्नेछ । त्यस्ता एपहरु सरकारी संस्था, स्वास्थ्यमा केन्द्रित एनजीओहरु, स्वास्थ्य विषयहरुमा गहिरोरुपमा विश्वसनिय कम्पनीहरु, मेडिकल तथा शिक्षण संस्थाहरुको लागि डेभलपरहरुले प्रस्तुत गरेकोहुनुपर्नेछ,’ कम्पनीले ब्लग पोस्टमा भनेको छ ।

एप्पलकाअनुसार केबल उल्लेखित कम्पनीहरुबाट आएका डेभलपरहरुले मात्र कोभिड-१९ सम्बद्ध एपहरु सबमिट गर्न पाउनेछन् ।

यसबाहेक कम्पनीले इन्टरटेनमेन्ट एप्स र गेम्सका लागि पनि कडाई गरेको छ जसमा कोभिड-१९ वा कोरोनाभाइरस थीमहरु रहेका छन् ।

डेभलपरहरुले कोभिड १९ सम्बन्ध एप्स एप स्टोरमा राख्दा टाइम सेन्सेटिभ इभेन्टहरु अप्सनमा छनौट गर्नुपर्नेछ ।

कम्पनीले गैर नाफामुकल संस्थाहरु तथा सरकारी एजेन्सीहरु जसले कोभिड १९ सम्बन्ध एप्स राख्नेछन उनीहरुको लागि वार्षिक सदस्यता शुल्क समेत हटाउने भएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २ चैत्र २०७६, आईतवार

ताजा समाचार