हनीवेलले क्वान्टम कम्प्यूटर बनाउँदै, अहिलेसम्मकै शक्तिशाली क्वान्टम कम्प्यूटर हुने दाबी

Technology Khabar २ चैत्र २०७६, आईतवार

हनीवेलले क्वान्टम कम्प्यूटर बनाउँदै, अहिलेसम्मकै शक्तिशाली क्वान्टम कम्प्यूटर हुने दाबी

एडभान्स टेक कम्पनी हनीवेलले आफ्नै क्वान्टम कम्प्यूटर विकास गर्ने घोषणा गरेको छ । कम्पनीले सो क्वान्टम कम्प्यूटर यहि जून महिनासम्ममा तयार हुनसक्ने अपेक्षा गरेको छ ।

हनीवेलले आफ्ना क्वान्टम कम्प्यूटरको लागि पहिलो ग्राहकको समेत घोषणा गरेको छ । हनीवेलको क्वान्टम कम्प्यूटर जेपी मोर्गन चेजले किन्नेछ र सो हनीवेलले विकास गरेको क्वान्टम कम्प्यूटिंगमार्फत आफ्ना ग्राहकहरुलाई वित्तिय सेवाहरुमा कम्पनी सपोर्ट गर्न सहयोग गर्ने छ ।

हनीवेलले भन्दा अगाडि नै दुईवटा टेक कम्पनीहरुले क्वान्टम कम्प्यूटिंग टेक्नोलोजी तयार पारेको घोषणा गरेका थिए । गूगल र आईबीएमले क्वान्टम कम्प्यूटर तयार गरेको दाबी गरेका थिए जसले परम्परागत कम्प्यूटरले हजारौं वर्ष लगाउने हिसाब किताबलाई केहि सेकेण्डमा नै समाधान गर्न सक्दछ ।

हनीवेलले आफ्नो विकास गर्ने क्वान्टम कम्प्यूटर अहिले गूगल र आईबीएमले बनाएको भन्दा निकै शक्तिशाली हुने दाबी गरेको छ जसको लागि १०० वैज्ञानिक, इन्जिनियरहरु र सफ्टवेयर डेभलपरहरुको समूह सो परियोजनामा काम गरिरहेको छ ।

क्वान्टम कम्प्यूटरहरुले क्वूबिट प्रयोग गर्ने गर्दछन जून क्वान्टम कम्प्यूटिङ्ग बीट्स हो, यो तथ्यांकहरुलाई प्रोसेस गर्ने विशेष माध्यम हो जून क्वान्टम फिजिक्सको सम्पत्तिलाई सहजता प्रदान गरेर हुने गर्दछ ।

हनीवेलको क्वान्टम कम्यूटरले ६४ क्वान्टम भोलुम प्राप्त गर्ने बताईएको छ जून प्रत्येक वर्ष १० गुणाले बढ्ने कम्पनीको अपेक्षा छ । यसअघि आईबीएमको क्वान्टम कम्प्यूटरले ३२ क्वान्टम भोलुममा पुगेको बताएको थियो भने गूगलले सो बारेमा जानकारी दिएको छैन् । एजेन्सी

प्रकाशित: २ चैत्र २०७६, आईतवार

Comments are closed.

Loading...