सामसङले ग्यालेक्सी नोट २० को फोल्डेबल भर्सन ल्याउन सक्ने, यस्तो छ पेटेन्ट डिजाइन

Technology Khabar २ चैत्र २०७६, आईतवार

सामसङले ग्यालेक्सी नोट २० को फोल्डेबल भर्सन ल्याउन सक्ने, यस्तो छ पेटेन्ट डिजाइन
Classic Tech

सामसङले आफ्नो ग्यालेक्सी एस२० सिरिजका साथमा कम्पनीले फोल्डेबल फोन ग्यालेक्सी जेड फ्लिप पनि लन्च गरेको थियो । जसलाई ग्राहकहरुले निकै मन पराएका छन् ।

यसैबिचमा दक्षिण कोरियाली कम्पनीले आफ्नो नयाँ डिभाइसको लागि काम शुरु गरिसकेको छ र कम्पनीले हालै नयाँ पेटेन्ट दर्ता समेत गरेको छ ।

कम्पनीले दर्ता गरेको पेटेन्टअनुसार ग्यालेक्सी नोट २० को फोल्डेबल भर्सन समेत ल्याउनसक्ने संभावना देखिएको छ ।

सामसङले नोट सिरिजमा फोल्डेबल डिभाइस ल्याउन लागेको हो जसमा एस पेन समेत रहनेछ । सो क्लासिक पेन फोल्डेबल डिभाइसको कुनै एक भागमा राख्न सकिने किसिमको हुनेछ ।

कम्पनीले ग्यालेक्सी फोल्डको जस्तो स्क्रीन फोल्डमा पनि निकै सुधार गरेको देखिन्छ ।

हाल कम्पनीले ग्यालेक्सी नोट स्मार्टफोनको फोल्डेबल भर्सन कहिले ल्याउँछ भन्ने जानकारी छैन तर पेटेन्टको आधारमा हेर्दा कम्पनीले निकै मिहिनेतसाथ काम गरिरहेको छ ।

भर्खरैमात्र सामसङले नयाँ स्क्रीन टेक्नोलोजीको पेटेन्ट दर्ता गरेको थियो । कम्पनीलाई विश्वमा नै स्क्रीन टेक्नोलोजीमा प्रमुख कम्पनीको रुपमा लिइन्छ । एजेन्सी

TK Viber

प्रकाशित: २ चैत्र २०७६, आईतवार

Loading...