टेक कम्पनी एप्पलका विश्वभरका आधिकारीक स्टोरहरु अस्थाईरुपमा बन्द, चीनमा भने खुला हुने

Technology Khabar १ चैत्र २०७६, शनिबार

टेक कम्पनी एप्पलका विश्वभरका आधिकारीक स्टोरहरु अस्थाईरुपमा बन्द, चीनमा भने खुला हुने

काठमाडौं ।

विश्वभर कोरोनाभाइरसको प्रकोप देखिएसँगै टेक कम्पनी एप्पलले आफ्ना विश्वभरका स्टोरहरु बन्द गरेको छ । कम्पनीका सिईओ टिम कुकले आजै आधिकारी स्टोरहरु बन्द गर्ने घोषणा गरेका हुन् ।

अमेरिकी टेक कम्पनी एप्पलले यसअघि चीनमा रहेका आफ्ना स्टोरहरु शुक्रकार मात्र खुला गरेको थियो । तर अब भन कम्पनीले चीनभन्दा बाहिरका सम्पूर्ण स्टोरहरु बन्द गर्ने निर्णय गरेको हो ।

एप्पलका विश्वभरका स्टोरहरु आगामी मार्च २७ तारिखसम्म बन्द रहने कुकले जानकारी दिएका छन् ।

यसका साथै कम्पनीले विश्वभर कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रणमा सहयोग गर्न १५ मिलियन अमेरिकी डलर दिने प्रतिबद्दता जनाएको छ ।

कम्पनीका चीनमा भएका स्टोरहरु यसअघि करिब २ महिनासम्म बन्द भएका थिए । जहाँ कोरोनाभाइरसको ब्यापक प्रकोप देखिएको थियो भने हाल सो नियन्त्रणमा आईसकेको बताईएको छ ।

एप्पलले आफ्ना कर्मचारीहरुले घरबाट नै का मगर्न भनेको छ भने सम्पूर्ण स्टोरहरुलाई पूर्णरुपमा सरसफाई गरिने छ ।

कम्पनीले घण्टाको आधारमा काम गर्ने कामदारहरुलाई समेत तलब दिने जानकारी दिएको छ ।

एप्पलले आफ्ना स्टोरहरु बन्द गरेपनि एप्पल वेबसाइटबाट सामान किन्न सक्ने वा अन्य अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

कम्पनीले दिने रकम बिरामीहरुको उपचारमा खर्च हुने र प्रकोपको आर्थिक असर कमगर्न उपयोगी हुने एप्पलले जनाएको छ ।

स्रोत

Global Bank
easy care

प्रकाशित: १ चैत्र २०७६, शनिबार

ताजा समाचार