नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिस बिच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

Technology Khabar ३० फाल्गुन २०७६, शुक्रबार

नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिस बिच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता

काठमाडौं ।

नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एसबिआई बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत शुमकान्त कानुङ्गो र फोन पे पेमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अद्धैत रत्न तुलाधरले हस्ताक्षर गरे। सो कार्यक्रम बैंकका प्रबन्ध संचालक अनूकुल भटनागर तथा प्रमुख व्यवसाय अधिकृत, छपि राज पन्तको उपस्थितिमा सम्पन्न भएको हो ।

उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्न बैंकले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार

ताजा समाचार