कोरोनाभाइरस बारे सहि जानकारी चाहिए १११५ मा फोन गर्नुस्, कुनै शुल्क लाग्दैन

Technology Khabar ३० फाल्गुन २०७६, शुक्रबार

कोरोनाभाइरस बारे सहि जानकारी चाहिए १११५ मा फोन गर्नुस्, कुनै शुल्क लाग्दैन

विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरसको जोखिममा नेपाल पनि रहेको छ । हालै सरकारले नोभेल कोरोनाभाइरस (कोभिड–१९) बारे जानकारी लिनसकिने गरि निशुल्क फोन सेवा संचालनमा ल्याएको छ ।

सो भाइरसले पार्ने असर र त्यसबाट बच्ने उपायहरु बारे थाहा पाउन चार अंकको विशेष नम्बर १११५ मा फोन गर्न सकिने भएको छ । यस नम्बरमा फोन गरेर कोरोनाको बारेमा सहि जानकारीहरु लिन सकिने गरि कल सेन्टर शुरु गरेको हो ।

कोरोना महामारी फैलिएको खण्डमा त्यसको भाइरस संक्रमणबाट कसरी जोगिने, कुन–कुन अस्पताल जाने आदि विषयमा सो कल सेन्टरबाट जानकारीहरु पाइनेछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरसबारे सर्वसाधारणहरुलाई बुझाउन शुक्रबारदेखि पैसा नलाग्ने नम्बर १११५ मार्फत जानकारी दिन थालेको हो ।

महाशाखाले कोरोनाबारे बाहिरी हल्लाको पछि नलागी १११५ नम्बरमा सम्पर्क गर्न आग्रह समेत गरेको छ । यसमा फोन गरेर कोरोना भाइरस सम्बन्धी सत्यतथ्य बुझ्न सकिने महाशाखाले जनाएको छ ।

कोरोनाबारे बुझ्न १११५ नम्बरमा चौबिसै घण्टा खुला हुने सो फोन नम्बरमा फोन उठाउन मात्रै महाशाखाले ६ जनालाई खटाएको छ ।

त्यस्तै, टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिन्छ ।

TK Viber

प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार

Loading...