Technology Khabar ३० फाल्गुन २०७६, शुक्रबार
काठमाडौं ।
कोरोनाभाइरसको कारणले अमेरिकी टेक कम्पनी एप्पलले अपकमिंग प्रोडक्ट आइफोन १२ र आइफोन ९ को लन्चिंग दुई महिना पछि सारेको छ । गएको केहि दिनदेखि यसबारेमा लगातार समाचारहरु सार्वजनिक भईरहेको थिए।
हालै आएको एक नयाँ रिर्पोटमा कोरोनाभाइरसले लगातार खतरा बढाईरहेको कारण दुबै आईफोनहरुको लन्चिगं डेट सारिएको उल्लेख गरिएको छ ।
वास्तवमा कोरोनाभाइरसको कारणले चीनबाट हुने सप्लाई चेनमा रोकावट आएको हो । र यसै कारण एप्पलको आईफोनका पार्टहरु कम्पनीसम्म आईनपुगेको कारणले प्रोडक्सनमा ढिलाई हुने भएको हो ।
प्रोडक्सनमा हुने ढिलाईका कारणले नेक्स्ट जेनेरेशन आईफोन र सस्तो आइफोनको रुपमा आउन लागेको आईफोन ९ को लागी एप्पल मनपराउनेहरुले केहि समय कुर्नुपर्ने देखिएको छ । यद्पी कम्पनीको तर्फबाट भने फोनहरुको लन्चिंग र अन्य कुनैपनि जानकारी सार्वजनिक भएको छैन ।
हालसम्म आएको जानकारी अनुसार आईफोन १२ मा ५जी सर्पोट हुने छ । यसबाहेक फोनमा १२० हर्ज रिफ्रेश रेट रहने छ । त्यस्तै आईफोन १२ मा ठुलो ब्याट्री ब्याकअप हुन सक्ने पनि अनुमान लगाइएको छ । हाल यस बाहेक फोनको अन्य स्पेशिफिकेसन्स र फिचरहरुको बारेमा कुनै जानकारी सार्वजनिक भएको छैन ।
कम्पनीको आईफोन एसई २ (आईफोन ९) हालसम्म सार्वजनिक भएको जानकारीहरु अनुसार एप्पलको यस डिभाइसका ५.४ इन्चको स्क्रिन रहने छ । त्यस्तै रिर्पोटहरुमा कम्पनीको यस अपकमिंग फोनमा फेस आईडि र ३डि टच फिचर हुने र यसमा नोच नहुने उल्लेख गरिएको छ ।
कम्पनीले यस स्मार्टफोन एप्पल ११३ प्रोसेसरसँगै लन्च गर्ने छ, यसअघि कम्पनीले यस चिपसेटको प्रयोग आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्समा प्रयोग गरेको थियो । रिर्पोट अनुसार आईफोन एसई २ एप्पल ३जीबी र्याम सँगै लन्च हुने छ । रिर्पोटमा आईफोन एसई २ लाई कम्पनीले ६४ जीबी स्टोरेज र १२८जीबी स्टोरेज गरि दुई भेरियन्टमा लन्च गर्ने उल्लेख गरिएको छ ।
प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार