एप्पल ग्लोबल वेयरेबल मार्केटको टपमा, शाओमी र सामसङ क्रमशः दोस्रो र तेस्रोमा

Technology Khabar ३० फाल्गुन २०७६, शुक्रबार

एप्पल ग्लोबल वेयरेबल मार्केटको टपमा, शाओमी र सामसङ क्रमशः दोस्रो र तेस्रोमा

मार्केट रिसर्च फर्म आईडिसीले २०१९ को अन्तिम त्रैमाशिक र २०१९ को वेयरेबल मार्केटसँग जोडिएको डाटा शेयर गरेको छ । वेयरेबल मार्केटमा वर्ष २०१९ मा एप्पल टप लेभलमा रहेको र कम्पनीले राम्रो ग्रोथ गरेको छ ।

लेटेस्ट रिर्पोटमा एप्पल ४.३ करोडभन्दा धेरै यूनिटहरुको सेलसँगै मार्केटको टपमा रहेको उल्लेख गरिएको छ ।

रिर्पोटमा एप्पलको नयाँ रेन्जमा रिफ्रेर्स्ड एयरपड्स, एयरपड्स प्रो र एप्पल वाच पनि सामेल रहेको जनाइएको छ । अमेरिकी टेक कम्पनी एप्पलले वर्ष २०१९ को अन्तिममा ३१.७ प्रतिशत मार्केट शेयरमा कब्जा गरेको छ भने कम्पनीको इयर टु इयर ग्रोथ १२१.७ प्रतिशत रहेको थियो । यसको दोस्रो स्थानमा शाओमी रहेको छ ।

शाओमीले १२.४ प्रतिशत मार्केट शेयरमा कब्जा गरेको हो । त्यस्तै कम्पनीले २०१९ मा करिब ४.१ करोड यूनिटहरु सेल गर्न सफल भएको हो । २०१९ को अन्तिम त्रैमाशिकमा शाओमीले १.२ करोड वेयरेबल्सको सेल गरेको थियो । यद्पी यस वर्ष कम्पनीको इयर टू इयर ग्रोथमा ८१.२ प्रतिशत सम्म घटेको छ ।

यसैगरी यस लिस्टको तेस्रो स्थामा दक्षिण कोरियाली टेक ब्रान्ड सामसङ ३ करोड भन्दा धेरै वेयरेवल यूनिटहरु को शिपमेन्टसँगै रहेको छ । यसको चौथो पोजिशनमा ह्वावे ८.३ प्रतिशत मार्केट शेयरसँगै रहेको छ । त्यस्तै कम्पनीको इयस टू इयर ग्रोथ १४८.८ प्रतिशत रहेको छ ।

छिमेकी मुलुक भारतीय बजारको कुरा गर्दा भारतमा २०१९ मा शाओमीले सबैभन्दा बढि मार्केट शेयर होल्ड गरेको हो । कम्पनीले गतवर्ष भारतमा १.४९ करोड वेयरेबल डिभाइसहरुको सेल गरेको थियो । यो कम्पनीको भारतमा २०१८ मा भएको सेलको तुलनामा १६८.३ प्रतिशतले बढि हो । एजेन्सी

प्रकाशित: ३० फाल्गुन २०७६, शुक्रबार

Comments are closed.

Loading...