आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

Technology Khabar २९ फाल्गुन २०७६, बिहीबार

आईपे रेमिट नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध

काठमाडौं ।

बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि. नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको NCHL-IPS र connectIPS e-Payment प्रणालीहरुमा आबद्ध भएको छ ।

यो व्यवस्थासँगै आईपे रेमिटका कम मुल्यका भुक्तानी कारोबारहरु NCHL-IPS र connectIPS e-Payment रियल टाइममा र अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली NCHL-IPSतोकिएको समय सीमामा अन्य भुक्तानी कारोबारहरु गर्न सकिने कम्पनीले जनाएको छ।

एनसीएचएलमा हालसम्म ६ वटा रेमिटेन्स कम्पनीहरु र ३० वटा गैर बैंक संस्थाहरु अप्रत्यक्ष/प्राविधिक सदस्यको रुपमा आबद्ध रहेका छन् ।

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरू र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेडद्वारा प्रवर्द्धित एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्दै आएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २९ फाल्गुन २०७६, बिहीबार