कोरोनाको प्रभावः भारतमा इलेक्ट्रोनिक सामानको बिक्रीमा करोडौंले कमी

Technology Khabar २९ फाल्गुन २०७६, बिहीबार

कोरोनाको प्रभावः भारतमा इलेक्ट्रोनिक सामानको बिक्रीमा करोडौंले कमी

भारतमा कोरोनाभाइरसको डर हाल यस्तो भएको छ कि मानिसहरु चीनसँग जोडिएको हर समानबाट पर रहन चाहन्छन। चीन सस्तो इलेक्ट्रोनिक गुड्सको लागी चिनिने गर्दछ, तर हाल भारतमा मानिसहरु ‘मेड इन चाइना’ को नामबाट नै पर भाग्न थालेको भारतीय मिडियाहरुका रिपोर्टमा उल्लेख छ । यसै कारणले भारतको इलेक्ट्रोनिक्स मार्केटमा गएको दुई महिनामा १,३०० करोड भन्दा धेरै भारतीय रुपैयाँको घाटा भएको छ ।

भारतको एक ट्रेड ग्रुपले बताएअनुसार कोरोना आउटब्रेक पछि भारतमा मोबाइल ह्यान्डसेट समेत गरि चीनमा बनेका इलेक्ट्रोनिक प्रोडक्टहरुको बिक्रीमा करिव १,३५० करोड भारु कम भएको हो ।

कन्फेडेरेशन अफ अल इन्डिया ट्रेडर्स (सिआईआई) का सेक्रेटरी जनरल प्रविण खन्डेलवालले कोरोनाभाइरस फैलिएको कारण जनवरी र फरवरीको बिच आईटि प्रोडक्टहरुमा १,००० करोड भारु र अन्य मोबाइल ह्यान्डसेटहरुको मार्केटमा करिव ३५० करोड भारु नोक्सानको अनुमान रहेको बताएका छन ।

कन्फेडेरेशनले भारतका करिव ६० मिलियन ट्रेडर्सको प्रतिनिधित्व गर्दछ । खन्डेलवालले भारतका ग्राहकहरुमा इलेक्ट्रोनिक्स सामान किन्दा आफुमा पनि इन्फेक्शन हुन सक्ने भन्ने डर रहेको यसै कारणले मानिसहरु इलेक्ट्रोनिक आइटमहरुको बजारमा आउजाउ गर्न कम गरिरहेको बताएका छन । कोरोना भाइरस को केन्द्र वुहान शहरमा शाओमी, एप्पल र ह्वावेलगायत ब्राण्डका म्यानुफ्याक्चरिंग इकाइहरु रहेका छन ।

प्रकाशित: २९ फाल्गुन २०७६, बिहीबार

Comments are closed.

Loading...