एप्पलको आईफोन १२ प्रोमा ६४ मेगापिक्सेलको मुख्य क्यामरा, ब्याट्री पावर ४,४०० एमएएचको हुने

Technology Khabar २९ फाल्गुन २०७६, बिहीबार

एप्पलको आईफोन १२ प्रोमा ६४ मेगापिक्सेलको मुख्य क्यामरा, ब्याट्री पावर ४,४०० एमएएचको हुने
आइफोन ११ प्रो

काठमाडौं ।

आईफोन १२ प्रो लन्च हुन अझै केहि समय बाँकी रहेको छ । तर अहिले पनि आईफोनसँग जोडिएको धेरै लीकहरु सार्वजनिक भईरहेका छन ।

भर्खरै आएको एक जानकारीअनुसार एप्पलको अपकमिंग आईफोन १२ प्रो को केहि स्पेशिफिकेशनहरुको बारेमा बताइएको छ । यद्पी कम्पनीको अपकमिंग फोनमा यहि फिचरहरु हुने छन भन्ने कन्फर्म भने भएको छैन ।

लीक रिर्पोटका अनुसार आईफोन १२ प्रोसँगै आईफोन १२ पनि लन्च हुने छ, जसमा ६४ मेगापिक्सलेको क्यामरा र ४,४०० एमएएचको ब्याट्री हुने छ । यसअघिको रिर्पोटमा नयाँ आईफोनमा नेक्स्ट जेनेरेशनको ए१४ चिपसेटसँगै ५जी को एडिशनल सर्पोट हुने जानकारी रहेको थियो । यद्पी एप्पलले अफिशियलरुपमा हालसम्म यस बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन ।

हालै यूट्यूबर ‘एभ्रिथिंगएप्पलप्रो’ ले टिप्स्टर म्याक्स वेनबचलाई उद्रधृत गर्दै आईफोन १२ प्रो मा ग्यालेक्सी २० सीरीजको जस्तै बेन्चमार्क देख्न सकिने बताएको छ । यस भिडियोमा यूट्यूबरले एप्पलको नयाँ आइफोनमा ६४ मेगापिक्सेलको सोनी सेन्सर हुनेछ र यसमा ट्रिपल रियर क्यामरा सेटअप हुने जानकारी दिएको छ । यद्पी हालसम्म क्यामराको बाँकी सेटअपमा कम्पनीले दुई १२ मेगापिक्सलको सेटअप राख्ने छ वा राख्ने छैन भन्ने कुराको कम्फर्मेशन भने भएको छैन ।

जुम सर्पोटको लागी यूट्यूबरका अनुसार कम्पनीले यसमा नाइट मोड एक्सपेन्ड गर्नुका साथै टेलीफोटो क्यामरा पनि प्रदान गर्नेछ । कम्पनीले यसबाहेक अल्ट्रा वाइड एङ्गल क्यामरा अपर्चरलाई पनि बढाउन सक्ने छ । त्यस्तै यसमा न्यु टाइम अफ फ्लाइट ३डि सेन्सर पनि रहन सक्ने छ । यस फोनको एआर एक्सपेरियन्स पहिलेको भन्दा उत्कृट हुने छ । एजेन्सी

easy care

प्रकाशित: २९ फाल्गुन २०७६, बिहीबार