ह्वाट्सएपजस्तै देखिने यी नक्कली एप्स झुक्किएर पनि डाउनलोड नगरौँ

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

ह्वाट्सएपजस्तै देखिने यी नक्कली एप्स झुक्किएर पनि डाउनलोड नगरौँ

काठमाडौं ।

ह्वाट्सएप एउटा यस्तो एप हो जुन धेरैजसो नयाँ स्मार्टफोनहरुमा सबैभन्दा पहिले डाउनलोड गर्ने गरिन्छ । यस्तोमा ह्वाट्सएपमा ठगी भएका घटनाहरुपनि सार्वजनिक हुँदै आएका छन । जहाँ ठगी गर्ने व्यक्तिले ह्वाट्सएपमा फेक म्यासेजको माध्यमबाट वा फेक ह्वाट्सएप कै माध्यमबाट यूजरहरुलाई ठगी गर्ने गर्दछन ।

हाल फेक म्यासेजबाट मात्रै नभई ह्वाट्सएप जस्तै देखिने एपबाट पनि यूजरहरुलाई ठगी गरिँदै आएको पाइएको छ । अचम्मको कुरा त यो फेक ह्वाट्सएप पनि सक्कली ह्वाट्सएप जत्तिकै लोकप्रिय रहेको छ ।

एक अफ्रिकन रिर्पोटअनुसार ह्वाट्सएपको अनअफिशियल अर्थात फेक एप केहि देशहरुमा निकै पपुलर रहेको छ । केरिबोउ डाटाका को-फाउन्डर ब्रायन पोनले ह्वाट्सएप मोड्स जस्ता फेक ह्वाट्सएप पपुलर हुनुको कारण यसमा रहेको फिचरहरु भएको बताएका छन्। उनले यी फेक एप्समा सक्कली ह्वाट्सएप भन्दा पनि एडभान्स फिचरहरु रहेका कारण यूजरहरु यस्ता फेक एप्सतर्फ धेरै आर्कषित हुने गरेको जनाएका छन्।

यसपछि सबैभन्दा पपुलर जीबीह्वाट्सएप रहेको छ । यो एक ह्वाट्सएप जस्तै देखिने एप हो जसले यूजरहरुलाई स्ट्याटस डिलिट भएपछि पनि त्यसलाई हेर्न सक्ने सुविधा प्रदान गर्दछ । साथै यसमा डिलिट भएको म्यासेजहरुलाई रिस्टोर पनि गर्न सकिन्छ । यतिमात्रै नभई यस एपमा ५० एमबीको फाइल पठाउन पनि सकिन्छ । तर सक्कली ह्वाट्सएपमा भने १६एमबी सम्मको फाइल मात्रै सेन्ड गर्न सकिन्छ । यसबाहेक ह्वाट्सएप प्लस पनि थर्ड पार्टी एप्स मध्ये कै एक हो।

साथै यो ह्वाट्सएप र एफएमह्वाट्सएप नामका यी दुई एप्सपनि निकै पपुलर रहेको छ, जुन अनअफिशियल ह्वाट्सएप हो । रिर्पोट अनुसार यी दुई एप्स नाईजेरिया, केन्या र दक्षिण अफ्रिका जस्ता देशहरुमा निकै पपुलर रहेका छन ।

ह्वाट्सएपको पोलिसीमा ह्वाट्सएपको थर्ड पार्टी एप जीबी ह्वाट्सएप र ह्वाट्सएप प्लस प्रयोग गर्ने यूजरहरुलाई टेम्प्रेररी प्रतिबन्ध गरिने उल्लेख गरिएको छ । ह्वाट्सएपको एफएक्यू पेजमा दिइएको जानकारीका अनुसार यी दुई ह्वाट्सएपको अफिशियल भर्जन नभई थर्ड पार्टी एप्स हुन्। यी अनअफिशियल एप्सलाई थर्ड पार्टीले बनाएको र यसले ह्वाट्सएपको नियमहरुको उल्लघंन गर्ने भएकाले यसको प्रयोगमा अस्थाई प्रतिबन्ध लगाइने ह्वाट्सएपको पोलीसीमा उल्लेख गरिएको छ । एजेन्सी

easy care

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार