स्मार्टफोनलाई भाइरस तथा ब्याक्टेरियाबाट जोगाउने उपाय, प्रयोग गर्नुस् यी सात तरिकाहरु

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

स्मार्टफोनलाई भाइरस तथा ब्याक्टेरियाबाट जोगाउने उपाय, प्रयोग गर्नुस् यी सात तरिकाहरु

चीनबाट विश्वभर फैलँदो क्रममा रहेको कोरोनाभाइरसले हाल विश्वलाई नै त्रसित तुल्याएको छ । हालसम्म यो भाइरस विश्वका १०० भन्दा धेरै देशहरुमा फैलिसकेको छ र अझै फैलँदो क्रममा रहेको छ । यस भाइरसलाई लिएर विश्व स्वास्थ्य संगठनले समेत विश्वमा स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ । नेपाल समेत कोरोनाको उच्च जोखिममा रहेको छ । यस भाइरसको जोखिमबाट बच्न सरकारले विभिन्न प्रचार प्रसारको गरिरहेको छ ।

यस भाइरसको संक्रमण हात मिलाउदा, खोक्दा र हाछ्यु गर्दा नजिकको मानिसमा सर्न सक्दन । त्यस्तै मानिसहरुले प्रयोग गर्ने ह्यान्डसेटको माध्यमबाट पनि यो भाइरस सर्न सक्दछ । यसअघि आएको एक रिर्पोटमा मानिसहरुले प्रयोग गर्ने मोबाइल फोन ट्वाइलेटको सीटभन्दा पनि फोहर हुने कुरा उल्लेख गरिएको थियो । यूजरहरुले आफुले प्रयोग गर्ने ह्यान्डसेटलाई सधै आफुसँगै राख्ने गर्दछन र शरिरका बिभिन्न अंग हुदै नाक, मुख सम्म पनि पुर्याउने गर्दछन । यस्तो अवस्थामा कोरोनाको संक्रमण फैलिएमा यूजरहरुका लागी निकै घातक हुन सक्दछ । त्यस्तैले समयमा नै आफुले प्रयोग गर्ने ह्यान्डसेट सफा गर्नुपर्दछ । आज हामी त्यस्तै सात तरिकाहरु बताउँछौ जसले यूजरहरुको स्मार्टफोनलाई जर्म फ्रि, ब्याक्टेरिया फ्रि र कोरोना जस्ता घातक भाइरसहरुबाट सुरक्षित राख्न सक्दछ ।

Mobile Clean

१. लिन्ट फ्रि वा माइक्रोफाइवर कपडाः त्यसो त फोनलाई सफा राख्ने विभिन्न तरिकाहरु रहेका छन् जसमध्येको सबैभन्दा सजिलो तरिका लिन्ट फ्रि वा माइक्रोफाइवर कपडा । बजारमा यो कपडा सजिलै पाउन सकिन्छ र यसले जर्म, ब्याक्टेरीया र भाइरसका किटाणुहरुलाई निकै हदसम्म फोनबाट पर राख्न सक्दछ । यसबाट यूजरहरुले फोनलाई सफा गर्न सक्दछन । त्यस्तै इयरपिस र स्लट्सलाई सफा गर्नको लागी इयरबडको सहयोग लिन सकिन्छ ।

२. फोन सेनिटाइजः सेनिटाइजको अर्थ सफा गर्नु भन्ने हुन्छ । यूजरहरुले दिनभरिमा आफ्नो हात सफा गर्ने गरेतापनि फोन सफा गरेका हुँदैनन । फोन सफा गर्दापनि धेरैमा रुमाल वा टिश्यु पेपरले सफा गर्ने गर्दछन । तर यति पर्याप्त हुँदैन । यूजरले फोनलाई जर्म फ्रि राख्नुपर्ने हुन्छ । यसको लागी यूजरले दिनमा कमसेकम एक पटक फोनलाई डिटोल वा कुनै सेनिटाइजरले सफा गर्नु पर्दछ । पानी वा लिक्विडबाट फोन खराव हुन सक्ने डर सँधै हुन्छ । यस्तोमा यूवरले कपडालाई डेटोल वा सेनिटाइजर मा हल्का भिजाएर फोनलाई सफा गर्न सक्दछन् । यदि यूजरको फोन वाटरप्रुफ छ भने उनिहरुले हल्का पानीको पनि प्रयोग गर्न सक्दछन् ।

३.अल्कोहल र पानीः यदि यूजरहरुसँग डिटोल वा सेनिटाइजर नभएको खण्डमा उनिहरुले अल्कोहल र पानी मिलाएर पनि आफ्नो स्मार्टफोन सफा गर्न सक्दछन् । यसमा अल्कोहलको मात्रा ६० प्रतिशत हुने पर्दछ । यसबाट पनि फोन जर्म फ्रि हुने छ ।

४. डिस्टिल वाटर भेनेगर सँगैः यदि यूजरहरुको घरमा भेनेगर रहेमा उनिहरुले आफ्नो फोनलाई सजिलै सफा र सुरक्षित गर्न सक्दछन । डिस्टिल वाटरमा भेनेगरलाई मिलाएर कुनै कपडामा भिजाएर त्यसले फोनलाई सफा गर्न सकिन्छ । यसबाट यूजरको फोन जर्म र ब्याक्टेरीया फ्रि रहन्छन । कोरोनाजस्ता खतरनाक भाइरसको खतरा सँग लड्नको लागी घरेलु विधिहरुले धेरै राम्रो हुने देखिन्छ ।

५. ह्यान्ड फ्रि वा हेडफोनको प्रयोगः हालै हामीले फोनमा निकै नै जर्म तथा ब्याक्टेरीयाहरु हुने जानेकाले यस्तोमा ब्लूटूथ कनेक्ट ह्यान्डफ्रि वा हेडफोनको प्रयोग यूजरहरुका लागी निकै सहयोगी सावित हुन सक्छन । यसबाट युजरहरुले आफुबाट जर्म, ब्याक्टेरीया तथा भाइरसहरु जस्ता खतरालाई पर राख्न सक्दछन।

६.भ्वाइस कमान्डको प्रयोगः फोनमा निकै नै जर्म तथा ब्याक्टेरीयाहरु हुने हुदा फोनको प्रयोग गर्दा यसलाई जति कम छोयो उत्तिनै यूजरमा जोखिमको सम्भावना कम हुँदै जान्छ । यस्तोमा यूजरहरुले भ्वाइस कमान्डको सहयोग लिन सक्दछन ।

७. एन्टिमाइक्रोबियल केसः यदि यूजरहरुले घरमा सस्तो प्लास्टिक वा कपडाको केस लगाई राखेका छन भने यसलाई हटाउनु नै उपयुक्त हुन्छ । यस्तो केश धेरै फोहर भएमा यसमा जर्म जम्मा हुन सक्दछ । यदि यूजरले केस लगाउन नै चाहेका खण्डमा एन्टिमाइक्रोबियल केस को प्रयोग गर्न सक्दछन । जुन थोरै महंगो भएतापनि यसले ब्याक्टेरिया र जर्म फ्रि राख्दछ । एजेन्सीका साथमा

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार

Comments are closed.

Loading...