भीभोको नयाँ स्मार्टफोन भी१९ को इन्डियन पोस्टर लीक, डुअल पञ्चहोल डिस्प्ले डिजाइनमा लन्च हुने

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

भीभोको नयाँ स्मार्टफोन भी१९ को इन्डियन पोस्टर लीक, डुअल पञ्चहोल डिस्प्ले डिजाइनमा लन्च हुने

काठमाडौं ।

स्मार्टफोन मेकर कम्पनी भीभोको भी१९ स्मार्टफोन मलेशियामा लन्च भएको छ । यो फोन नेपालमा लन्च भएको भी१७ मोडल नै हो । यद्पी हाल कम्पनीले भी१९ लाई सबैभन्दा पहिले इन्डियामा लन्च गर्ने तयारीमा रहेको छ। र यो स्मार्टफोन मलेशियामा लन्च भएको मोडलभन्दा अलग रहने छ ।

हालै लीक भएको भीभो भी१९ को इन्डियन पोस्टरमा डुअल पञ्चहोल डिस्प्ले देखिएको छ । हाल फोनको बारेमा धेरै जानकारी नरहे पनि यसपटक कम्पनीले प्रो मोडल पहिले लन्च गर्ने छैन । अर्थात पहिले कम्पनीले भीभो भी१५ प्रो र भीभो भी१७ प्रो पहिले लन्च गरेको थियो तर यसपटक कम्पनीले पहिले स्ट्यान्डर्ड मोडल भी१९ लन्च गर्दै छ ।

यसको साथै कम्पनीको नयाँ फोनको अर्को नयाँ पोस्टरपनि लीक भएको छ । जसमा भीभो भी१९ को रियर क्यामरा देखिएको छ । कम्पनीले भी१७ जस्तै यस स्मार्टफोनमा पनि एल शेप क्वाड क्यामरा राख्नेछ ।

कम्पनीले यस स्मार्टफोनलाई मार्चको मध्य सम्ममा लन्च गर्ने योजना बनाएपनि हालै आएको जानकारी अनुसार कोरोनाभाइरसको कारणले यसमा थोरै ढिला हुन सक्ने छ । त्यस्तै लीक जानकारीहरुकाअनुसार भारतमा सुरु हुन लागेको इन्डियन प्रिमियर लीग भन्दा अघि नै यस स्मार्टफोन लन्च हुने छ । भारतमा आईपिएल २३ मार्चदेखि सुरु हुँदै छ ।

कम्पनीको नयाँ स्मार्टफोन भीभो भी१९ को स्पेसिफिकेशनहरुको कुरा गर्दायस स्मार्टफोन क्वालकम स्न्यापड्रयाग ७३० जी चिपसेट प्रयोग हुनसक्ने छ । यसको साथै फोनमा ४८ मेगापिक्सेलको प्राइमरी क्यामरासहित क्वाड रियर क्यामरा सेटअप हुन सक्ने छ । फोनको फ्रन्टमा सेल्फिको लागी दुई क्यामरा सेन्सर रहने छन । जसको क्यामरा पिक्सेलको बारेमा हालसम्म कुनै जानकारी लीक भएको छैन ।

भीभो भी१९ मा ४,५०० एमएएचको ब्याट्री हुन सक्ने छ । यसको साथै यसमा फास्ट चार्जरको सर्पोट पनि रहने छ । यो फोन एन्ड्रोएड १० ओएसको लन्च हुने छ भने यूजरले यसमा फनटच ओएस देख्न सक्ने छन । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार

ताजा समाचार