गूगलले कोरोनाभाइरस बारे मानिसहरुलाई जागरुक गराउन काम गर्दै

Technology Khabar २८ फाल्गुन २०७६, बुधबार

गूगलले कोरोनाभाइरस बारे मानिसहरुलाई जागरुक गराउन काम गर्दै

काठमाडौं ।

चीनबाट पुरा विश्व फैलँदै रहेको कोरोनाभाइरस बारे मानिसहरुलाई जागरुक गराउन विश्वभर कयौँ प्रकारका कामहरु भइरहेका छन । यसै अवस्थामा हाल गूगल पनि मानिसहरुलाई जागरुक गराउने कार्यमा अघि आएको छ । कोरोनाभाइरसको कारणले बढाएको विश्वव्यापी चिन्तालाई मध्यनजर गर्दै गूगलले मानिसहरुलाई सचेत गराउने काममा लाग्ने निर्णयको जानकारी गूगलका सिईओ सुन्दर पिचाईले एक ब्लग पोस्टमार्फत दिएका हुन ।

गूगल सिईओका अनुसार गूगल सर्च, गूगल म्याप्स, यूट्युव र अन्य टिम कोरोना भाइरसका बारेमा मानिसहरुलाई सचेत बनाउने काममा जुटेका छन । साथै उनले यस टिमले भाइरससँग जोडिएको झुठो समाचारहरु र भिडियोहरुलाई रोक लगाउने काम पनि गरिरहेको बताएका छन् । पिचाईकाअनुसार गूगलको एसओएस अलर्ट कोरोना भाइरससँग जोडिएको समाचारहरु, बच्ने उपायहरु र जानकारीहरु सिधै वर्ल्ड हेल्थ अर्गनाइजेशनबाट मानिसहरुसम्म पुर्याइने छ ।

सिईओले गूगल ट्रस्ट एन्ड सेफ्टि टिम विश्वभरमा आफ्ना यूजरहरुलाई कोरोनाभाइरससँग जोडिएको झुटा समाचारहरु बाट बचाउन लगातार काम गरिरहेको बताएका छन ।

गूगल सिईओले हालसम्म भाइरससँग सम्वन्धित रहेका हजारौं झुटा विवरणहरु हटाइसकेको पनि बताए । उनले आफुहरुले विश्व स्वास्थ्य संगठन र धेरै सरकारी संगठनहरुलाई पनि विज्ञापनको माध्यमबाट सहयोग गरिरहेको पनि जनाएका छन । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २८ फाल्गुन २०७६, बुधबार

ताजा समाचार