फेसबुक बिरुद्ध अष्ट्रेलियाले गर्यो मुद्दा दायर, ठुलो जरिवाना लाग्न सक्ने संभावना

Technology Khabar २७ फाल्गुन २०७६, मंगलवार

फेसबुक बिरुद्ध अष्ट्रेलियाले गर्यो मुद्दा दायर, ठुलो जरिवाना लाग्न सक्ने संभावना

काठमाडौं ।

अष्ट्रेलियाको सुचना आयोगले बहुचर्चित सोशल नेटवर्किङ्ग साइट फेसबुक बिरुद्ध मुद्धा दायर गरेको छ र यो मामिला क्याम्ब्रिज एनालाईटिकासँग जोडिएको छ । ३ लाख अष्ट्रेलियन नागरिकहरुको डाटाको जानकारी क्याम्ब्रिज एनालाइटिकालाई दिएको आरोपमा अष्ट्रेलियाको सुचना आयोगले फेडरल कोर्टमा फोसबुक विरुद्ध मुद्धा दायर गरेको हो ।

हाल फेसबुकले यस्को लागी कति जरिवाना तिर्नु पर्छ भन्ने नखुलेपनि कम्पनीले ठुलो धनराशि जरिवाना बापत तिर्नुपर्ने पक्का देखिएको छ ।

फेसबुकमाथी ३ लाख अष्ट्रेलियाली नागरिकहरुको डाटा क्याम्ब्रिज एनालाईटिका सम्म पुग्नबाट रोक्न नसकेको र यसको प्रयोग राजनितीक प्रयोग को लागी भएको आरोप रहेको छ । सुचना आयोगको आरोपहरुको अनुसार अष्ट्रेलियन यूजरहरुको निजी सुचनाहरु उनिहरुको जानकारी बिना ‘दिस इज योर डिजिटल लाइफ’ नामको एक एपलाई दिएको र उक्त एपले राजनितीक परामर्श फर्म क्याम्ब्रिज एनालाईटिकालाई बेचेको हो । सन् २०१८ मा ब्रिटिश फर्म क्याम्ब्रिज एनालाईटिका ठुलो स्क्यान्डलमा फसेको थियो र यसमाथी अमेरीका र भारतका गरि ८ करोड भन्दा धेरै यूजरहरुको फेसबुक डाटा चोरी गरेको आरोप लागेको थियो ।

‘दिस इज योर डिजिटल लाइफ’ एपको माध्यमबाट ३ लाख मानिसहरुको नाम, जन्ममिती, ईमेल एड्रेश, शहरको लोकेशन, फ्रेन्डस लिस्ट र उनिहरुको म्यासेज पनि क्याम्ब्रिज एनालाईटिका सम्म पुगेको हो ।

अष्ट्रेलियाले क्याम्ब्रिज एनालाइटिकाको विरुद्ध जाँच सुरु गरेको थियो र हाल त्यसैगरि फेसबुकको विरुद्ध पनि कानुनी प्रकृया सुरु गरेको हो । त्यस्तै फेसबुकले पनि कम्पनीले अष्ट्रेलियामा भईरहेको छानविनमा पुरा साथ दिने बताएको छ । त्यस्तै कम्पनीले यो मामिला हाल कोर्टमा रहेकाले यसको बारेमा केहि बताउन नमिल्ने पनि जनाएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार

ताजा समाचार