सामसङका दुई नयाँ फोन ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ सार्वजनिक, यस्ता छन् विशेषताहरु

Technology Khabar २७ फाल्गुन २०७६, मंगलवार

सामसङका दुई नयाँ फोन ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ सार्वजनिक, यस्ता छन् विशेषताहरु
ग्यालेक्सी ए५१ र ए७१ स्मार्टफोन
Classic Tech

सामसङ इलेक्ट्रोनिक्सले आफ्नो ए सिरिज अन्तर्गत हालै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ बजारमा प्रस्तुत गरेको छ । आफ्नो ए सिरिजमा अर्थपूर्ण आविष्कारका रुपमा यी फोनहरुलाई कम्पनीले लिएको छ । ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मोबाइलहरुमा विभिन्न विशेषताहरुः विद्यमान रहेका छन् ।

यसमा आजको व्यस्त जीवनमा अत्यावश्यक ज्यादा टिकाऊ हुने व्याट्रि, मानव आँखाले जस्तो देखिन्छ त्यस्तै फोटो खिच्न सकिने क्यामरा तथा जीवन्त दृश्यावलोकनको लागि इन्फिनिटी ओ डिस्प्ले रहेको कम्पनीले जानकारी दिएको छ ।

“आफ्नो ग्यालेक्सी ए को पोर्टफोलियोमा ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ लाई समावेश गर्न पाउँदा हामी उत्साहित भएका छौं । हालै प्रस्तुत गरिएका यी दुई ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा प्रयोग भएको प्रविधिलाई प्रयोगकर्ताहरुले मन पराउनुहुने छ । आम ग्राहकहरुको चाहना चिटिक्क परेको, लामो समयसम्म टिकाऊ हुने व्याट्री तथा हरेक क्षणलाई कैद गर्न सकिने क्यामरा भएको डिभाइस नै हो भन्ने हामीलाई थाहा छ, जुन सामसङको ग्यालेक्सी ए डिभाइसमा रहेको छ,” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने ।

उत्कृष्ट क्यामरा अनुभव
ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा जीवनका अविस्मरणीय क्षणहरुलाई सहजै कैद गर्नको लागि उत्कृष्ट क्यामरा राखिएको छ । मेन क्यामरा, अल्ट्रा वाइड, माइक्रो तथा डेप्थ क्यामराहरु विशेष सुविधाका साथ यसमा रहेका छन्, क्यामरामा भएका विशेषताहरुले गर्दा ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मार्फत् उत्कृष्ट एवं जीवन्त फोटो खिच्न सकिन्छ ।

ग्यालेक्सी ए७१ मा ६४ मेगापिक्सेल तथा ग्यालेक्सी ए ५१मा ४८ मेगापिक्सेलको क्यामरा राखिएको छ । यसैले गर्दा यी मोबाइल फोनबाट दिनमा वा रातमा खिचिएका फोटोहरु सफा एवं उत्कृष्ट आउने छ । यसमा भएको अल्ट्रा वाइड क्यामरामा १२३ डिग्रीको एङ्गल लेन्स राखिएको छ, जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै फोटो खिच्ने क्षमता प्रदान गर्दछ । यसमा भएको म्याक्रो क्यामराले कुनै पनि वस्तुको फोटो सम्पूर्ण विवरण सहित खिच्न सक्दछ । साथै डेप्थ क्यामराको लाइभ फोकस इफेक्टको मद्दतले फोटोहरु झन् राम्रो देखिन्छ ।

उच्च–गुणस्तरीय भिडियो रेकर्डिङ्ग
हरेक साहासिक क्षणहरुलाई सहजै भिडियोका रुपमा कैद गर्ने क्षमता यसमा रहेको छ । सुपर स्डेडि भिडियो मोडले खिच्दा, हात हल्लिएको अवस्थामा पनि भिडियो नहल्लिएको आउँछ । दौडिंदा, हाइकिङ्गमा वा घरपालुवा जनावरसँग खेल्दाको अवस्थमा सुपर स्टेडि भिडियोको सुविधाले गर्दा उत्कृष्ट भिडियो खिच्न सकिन्छ ।

अनइन्टरेप्टेड भिज्युअल डिस्प्ले
ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मा सुपर एमोलेड प्लस तथा सूपर एमोलेड प्लस एज टू एज इन्फिानिटी ओ तथा डिस्प्ले रहेको छ । ६.७ इन्च तथा ६.५ इन्चको स्क्रिनले वास्तवमै जीवन्त अनुभूति प्रदान गर्दछ – सामसङको हालसम्मकै ठूलो स्क्रिनमा आफूलाई मनपरेको भिडियो हेर्नु वा गेम खेल्नुको छुट्टै मज्जा मिल्ने छ ।

ज्यादा टिकाऊ व्याट्री
ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१मा क्रमशः ४५०० एमएएच तथा ४००० एमएएचको ब्याट्रि राखिएको छ, जसले गर्दा विना रुकावट दिनभर फोनको प्रयोग गर्न सकिनेछ । साथै २५ वाट तथा १५ वाटको फास्ट चार्जिङ्ग क्षमताले छिटो मोबाइल चार्ज गर्न सकिन्छ ।

ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ प्रिज्म क्रश ब्ल्याक, ह्वाइट र ब्लू रंगको पेस्टल शेडहरूमा आउँदछ । दुबै ग्यालेक्सी ए७१ तथा ग्यालेक्सी ए५१ मोबाइलहरु उपभोक्ताहरूका लागि २९ फागुन देखि उपलब्ध छन् ।

कम्पनीले ग्यालेक्सी ए७१ को बजार मूल्य ४९ हजार ९९९ रुपैयाँ तथा ग्यालेक्सी ए५१ को बजार मूल्य ३८हजार ३९९ रुपैयाँ तोकेको जनाएको छ ।

TK Viber

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार

Loading...