भारतीय अपरेटर जियोले बायोमेट्रिक्समा आधारित हाजिरी रोक्यो, भाईरस सर्नबाट रोक्ने प्रयास

Technology Khabar २७ फाल्गुन २०७६, मंगलवार

भारतीय अपरेटर जियोले बायोमेट्रिक्समा आधारित हाजिरी रोक्यो, भाईरस सर्नबाट रोक्ने प्रयास

हाल विश्वमा कोरोनाभाइरसको समस्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । यसको संक्रमण भारतमा समेत देखिएको छ । यसै तथ्यलाई ध्यानमा राख्दै भारतको टेलिकम कम्पनी जियोले अबदेखि कर्मचारीहरुले अफिसमा बायोमेट्रिक्समा आधारित हाजिरी गर्नुपर्ने व्यवस्थालाई हटाएको छ ।

कम्पनीले यस्तो निर्णय भारतमा फैँलदो क्रममा रहेको कोरोनाभाइरसलाई मध्यनजर गर्दै लिइएको जनाएको छ । कम्पनीले आफ्नो कर्मचारीहरुलाई अबदेखि अटेन्डेन्स जियो बीटा प्लानरको माध्यमबाट गरिने बताएको छ ।

जियका एचआरले अफिसमा कर्मचारीहरुलाई कोरोनाभाइरसको कारण उत्पन्न भएको यस्तो अवस्थालाई मध्यनजर गर्दै सबैको लागी यस्तो सुरक्षा उपाय अपनाउन जरुरी रहेको बताएका हुन् । कम्पनीमा अबबाट अटेन्डेन्स जियो बीटा प्लानरबाट हुने छ जुन अप्रुभ हुने छ ।

यसअघि नै भारत सरकारले सबै टेलिकम कम्पनीहरुलाई ३० सेकेन्डको कलर ट्युन बजाउन निर्देशन दिएको छ । जसबाट मानिसहरु कोरोनाबाट जागरुक हुने विश्वास लिइएको छ ।

हाल भारतमा कोरोना संक्रमितको संख्या ४० भन्दा बढि पुगेको छ । यसको जानकारी भारतका केद्रिय मन्त्रालयका स्वास्थ्य अधिकारीले सोमबार दिएका हुन । अधिकारीहरुले दिल्ली, उत्तर प्रदेश र जम्मु काश्मिरमा एक–एक गरि हालै तिन नयाँ संक्रमित समेत फेला परेको जनाएका छन । साथै उनिहरुले भारतमा हालसम्म भाइरसको कारण कसैको पनि मृत्यु नभएको समेत जनाएका छन । एजेन्सी

TK Viber

प्रकाशित: २७ फाल्गुन २०७६, मंगलवार

Loading...